
कोलकाता, 20 जून (हि.स.)। पश्चिम बंगाल विधानसभामा शुक्रवार नेताजी सुभाष यूनिभर्सिटी अफ स्पोर्ट्स एण्ड एन्टरप्रेन्योरशिप विधेयक- 2025 माथि भएको चर्चा अवधि व्यापक मात्रामा हो-हल्ला भयो जसपश्चात भाजपाका लगभग 20 जना विधायकहरूले सदनबाट वकआउट गरे।
हो-हल्ला त्यसबेला शुरू भयो जतिबेला भाजपाका मुख्य सचेतक शंकर घोषले यस विधेयकमाथि बोल्न शुरू गरे। यसपूर्व शिक्षा मन्त्री ब्रात्य बसुले सदनमा उक्त विधेयक पेश गरेका थिए। घोषले बोल्न शुरू गर्नसाथ मन्त्री बाबुल सुप्रियोले बीचमा बोल्दै उनलाई प्रश्न गरे, जब उनी र उनका साथी विधायकहरू पछिल्लो कारबाही अवधि मन्त्री चन्द्रिमा भट्टचार्यले उत्तर दिँदा सदनबाट बाहिर गएका थिए भने तृणमूल कंग्रेसका विधायकहरूले अब उनीहरूको कुरा किन सुन्नु।
सुप्रियोको समर्थनमा तृणमूलका सयभन्दा अधिक विधायकहरू आ-आफ्नो सीटमा उठे। यद्यपि विधानसभा अध्यक्ष बिमान ब्यनर्जीले घोषलाई बोल्ने अनुमति दिँदै भने, हिजो मलाई तपाई र अन्य भाजपा विधायकहरूको टिप्पणीलाई हटाउनु पऱ्यो, किनभने तपाईहरू मन्त्रीले उत्तर दिँदा सदनबाट गइसक्नु भएको थियो। यो सदनको अपमान थियो। तर म चाहन्छु सदन सुचारू रूपमा संचालन होस्, त्यसैले तपाईलाई बोल्ने समय दिरहेको छु।
तथापि तृणमूल कंग्रेसका मुख्य सचेतक निर्मल घोष, मन्त्री अरूप विश्वास, चन्द्रिमा भट्टचार्य औ बाबुल सुप्रियो समेत अन्य विधायकहरूले भाजपाको व्यवहारको विरोधलाई जारी राखे। अध्यक्षले स्थिति शान्त बनाउने प्रयास गरे, तर खैलाबैला जारी रह्यो अन्ततः भाजपाका लगभग 20 जना विधायकहरूले सदनबाट वकआउट गरे।
पछि विधानसभा परिसरमा पत्रकारहरूसित बातचित गर्दै शंकर घोषले भने, विपक्षको आवाजलाई दबाइँदैछ। यो सत्तारूढ़ दलको असहिष्णुतालाई दर्शाउँछ। मलाई कुरा राख्नको लागि नामित गरिएको थियो, तर तृणमूल कंग्रेसले लोकतन्त्रलाई चल्न दिन चाहँदैन। उनीहरूले विपक्षलाई बोल्नै दिएनन्। अध्यक्षले पनि कुनै ठोस कारबाही गरेनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा