असमः ब्रह्मपुत्र डुंगा दुर्घटनाको दोस्रो दिन पनि राहत एवं बचाउ अभियान जारी, 6 जना बेपत्ता
डुंगा


नलबाड़ी, 20 जून (हि.स.)। नलबाड़ी जिल्लाको बरखेत्री सर्कल क्षेत्रमा ब्रह्मपुत्र नदीमा बिहिवार बिहान भएको डुंगा दुर्घटनामा बेपत्ता भएका छह जनाको खोज आज बिहान दोस्रो दिनपनि शुरू गरियो। डुंगा पल्टिँदा पाँच स्कूली छात्र समेत छह जना बेपत्ता भएका छन्। यद्यपि, डुंगामा सवार अन्य मानिसहरूलाई बचाइएको थियो।

हिजो अबेर साझँसम्म चलेको अभियानमा कुनै सफलता हात लागेको थिएन। अँध्यारो भएको कारण खोजी अभियानलाई रोकिएको थियो। बेपत्ता मानिसहरूको खोजमा राहत एवं बचाउ कार्य आज बिहान फेरि शुरू गरिएको छ। राहत र बचाउ अभियानमा राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ) र राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) को टीम सामेल छन्।

जिल्ला प्रशासन अनुसार, यो दुर्घटना त्यस समय भयो जब नलबाड़ी जिल्लान्तर्गत बरखेत्री सर्कलमा ब्रह्मपुत्र नदीमा एक यन्त्र चालित डुंगा नादिया चरदेखि लारकुची पाराधरा पारघाट आइरहेको थियो। सोही समय डुंगा दुर्घटनाको शिकार भयो। दुर्घटनापछि एक वयस्क व्यक्ति र पाँच स्कूली छात्र-छात्राहरू बेपत्ता छन्, जसको खोज जारी छ। डुंगामा 20 देखि 25 जना सवार थिए, जसमा स्कूली नानीहरूको संख्या अधिक थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande