विमान दुर्घटना- अहिलेसम्म 223 मृतकको डीएनए नमूनाको मिलान, 202 पार्थिव शरीर परिजनलाई सुम्पियो
विमान दुर्घटना- अहिलेसम्म 223 मृतकको डीएनए नमूनाको मिलान, 202 पार्थिव शरीर परिजनलाई सुम्पियो


अहमदाबाद, 20 जून (हि.स.)। अहमदाबाद विमान दुर्घटनामा 20 जूनमा बिहान 11.50 बजीसम्म कूल 223 मृतकहरूको डीएनए नमूना मिलान भइसकेको छ। यसमध्ये 220 परिजनसित सम्पर्क गरिएको छ, जसमध्ये 202 परिवारलाई उनका प्रियजनहरूको पार्थिव शरीर सुम्पिएको छ।

सिविल अस्पतालका अधीक्षक डा. राकेश जोशीले बताए, सिविल अस्पतालमा उपचाराधीन दुई (2) घाइतेको मृत्यु भएको कारण उनीहरूको शव पनि परिजनहरूलाई सुम्पिएको छ। यस प्रकार कूल 204 शव सिविल अस्पतालबाट सुम्पिएको छ।

डा. जोशीले बताए, जुन 223 मृतकको डीएनए नमूना मिलान भएको छ, त्यसमा 168 भारतीय नागरिक, 7 पुर्तगाल, 36 ब्रिटेन, 1 कनाडा र 11 स्थानीय अर्थात् नन-पेसेन्जर सामेल छन्। 15 पार्थिव शरीरलाई हवाई मार्ग र 189 लाई सड़क मार्ग मार्फत उनीहरूको निवास स्थानसम्म पुऱ्याइयो।

उनले भने, अहिलेसम्म जुन शव सुम्पिएको छ, त्यसमध्येः उदयपुर- 7, वडोदरा- 21, खेड़ा- 11, अहमदाबाद- 58, मेहसाणा- 6, बोटाद- 1, जोधपुर- 1, अरावली- 2, आनन्द- 21, भरूच- 7, सूरत- 11, पालनपुर- 1, गान्धीनगर- 6, महाराष्ट्र- 2, दीव- 14, जूनागढ़- 1, अमरेली- 2, गिर सोमनाथ- 5, महीसागर- 1, भावनगर- 1, पटना- 1, राजकोट- 3, मुम्बई- 9, नडियाद- 1, जामनगर- 2, पाटण- 2, द्वारका- 2, साबरकांठा- 1, नागाल्याण्ड- 1, लन्दन- 2, मोडासा- 1 लाई उनीहरूको परिजनहरूसम्म पुऱ्याइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande