राष्ट्रपति मुर्मूको जन्मदिनमा प्रधानमन्त्री र उपराष्ट्रपति सहित धेरै नेताहरूले दिए शुभकामना
राष्ट्र


नयाँ दिल्ली, 20 जून (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूको आज 66औं जन्मदिन पूरा सम्मान र गरिमाको साथ मनाइयो। यस अवसरमा राष्ट्रपतिलाई देशभरिबाट शुभकामना प्राप्त भयो। प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनखड़ र अन्य वरिष्ठ नेताहरूले उनलाई शुभकामना दिए औं उनको सेवा भाव, सरलता र प्रेरणादायी नेतृत्वको सराहना गरे।

प्रधानमन्त्रीले सोशल मीडिया प्लेटफार्म एक्समा बधाई सन्देशमा लेखेका छन्, राष्ट्रपतिलाई जन्मदिनको हार्दिक शुभकामना। देशभरिका करोड़ौं मानिसहरूका लागि उनको जीवन र नेतृत्व प्रेरणाश्रोत हो। सार्वजनिक सेवा, सामाजिक न्याय र समावेशी विकासप्रति उनको अटूट प्रतिबद्धता हामी सबैको निम्ति आशा र शक्तिको श्रोत हो। उनले सदैव गरीबहरू र वञ्चितहरूलाई सशक्त बनाउने कार्य गरेकी छन्। ईश्वरसित प्रार्थना छ, उनी दीर्घायु र स्वस्थ रहुन् र देश सेवामा निरन्तर लागिरहुन्।

उपराष्ट्रपतिले राष्ट्रपति मुर्मूलाई जन्मदिनको बधाई दिँदै उनको जीवन संघर्ष र सेवालाई सलाम गरे। उनले एक्समा लेखेका छन्, भारतकी राष्ट्रपति द्रौपदी मुर्मूलाई जन्मदिनक हार्दिक शुभकामना। साधारण पृष्ठभूमिबाट भारतको सर्वोच्च संवैधानिक पदसम्मको उनको असाधारण यात्रा हाम्रो लोकतन्त्रको साँचो भावनालाई दर्शाउँछ। उनले जनसेवाको आफ्नो हरेक पड़ाव चाहे विधायक, राज्यपाल या अब राष्ट्रपति हरेक स्तरमा उत्कृष्टताको उदाहरण पेश गरेकी छन्। यो एक यस्तो विरासत हो, जुन अनुकरणीय छ।

उनले यो पनि बताए, उनले एक दिनअगाड़ी राष्ट्रपति भवन गएर स्वयं राष्ट्रपति मुर्मूलाई बधाई दिएका थिए।

अन्य नेताहरूले पनि राष्ट्रपतिलाई शुभकामना दिएका छन्। केन्द्रिय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष जेपी नड्डा र धेरै राज्यहरूका मुख्यमन्त्रीहरू सहित अनेक नेताहरूले राष्ट्रपतिलाई शुभकामना दिए।

उल्लेख्य, द्रौपदी मुर्मू देशकी प्रथम आदिवासी महिला राष्ट्रपति हुन्। उनले 25 जुलाई 2022 मा पदभार ग्रहण गरिन्। उनी झारखण्डको राज्यपाल रहिसकेकी छन् र ओडिसामा विधायक तथा मन्त्रीको रूपमा पनि सेवा दिइसकेकी छन्। उनको जीवन यात्रा एक शिक्षक र सामान्य परिवारको महिलादेखि देशको सर्वोच्च पदसम्म भारतको लोकतन्त्र र समावेशिताको उदाहरण हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande