उत्तर 24 परगना, 20 जून (हि.स.)। जिल्लाका धेरै परिवार हालमा गहिरो संकटसित जुझिरहेका छन्। ईरानको तीर्थयात्रा र उच्च शिक्षाको निम्ति गएका मानिसहरू अब त्यहाँको संघर्षग्रस्त स्थितिमा फंसेका छन्। देगंगाबाट 11 तीर्थयात्री र स्वरूपनगर र बसीरहाटबाट तीन छात्र वर्तमानमा ईरानमा जीवन-मृत्युबीच जुझिरहेका छन्।
देगंगाको चौरासी ग्राम प़ञ्चायतको धलीपाड़ा गाउँबाट तीन परिवारको एक दल 30 मईमा मशहद जस्तो पवित्र स्थलको यात्रामा निस्केको थियो। उनीहरूलाई 18 जूनमा भारत फर्किनुथियो तर तब क्षेत्रमा अचानक हिंसा भड्क्यो र सबै तीर्थयात्री त्यहाँ फंसे। परिजनहरू अनुसार, 17 जूनदेखि उनीहरूसित कुनै सम्पर्क हुनसकेको छैन।
गफूर अलीकी छोरी शाहिला खातूनले भनिन्, हाम्रो अन्तिम कुराकानी एक मिनटपनि चलेन। गफूर अली, उनकी पत्नी शुकरान बीबी, शाहिद अली गयेन र उनकी पत्नी मुसलिमा बीबी, छिमेकी अकरम हुसैन र अन्य बुजुर्ग सदस्य पनि यस समूहमा सामेल छन्।
शाहिद अलीका छोरा हुसैन मेहदीले केन्द्र र राज्य सरकार दुवैसित अपील गर्दै भने, हामीले स्थानीय प्रशासनलाई सूचना दिएका छौं।
यसैगरी स्वरूपनगरको मिर्जापुर निवासी इमरान हुसैन र उनकी पत्नी मुस्कान खातून, जो 2023 देखि इस्फहान यूनिवर्सिटीमा फ़ारसी भाषाको पोस्ट-ग्रेजुएट पढ़ाई गरिरहेका थिए, उनीहरू पनि आइतवारदेखि बेपत्ता बनेका छन्।
इमरानकी आमा रेहाना खातूनले भनिन्, हामीले आइतवार अन्तिम पल्ट कुराकानी गरेका थियौं, तबदेखि उनको मोबाइल बन्द छ। उनीहरूलाई कसरी घर फर्काउने, हामीले बुझ्न सकिरहेका छैनौं।
बसीरहाटको संकचुरा निवासी एवं शोध छात्र सैयद बाक़िर मज्लिसी रिज़वी पनि कुम स्थित अल-मुस्तफा इन्टरनेशनल यूनिवर्सिटीमा पीएचडी गरिरहेका छन्। उनी पनि आफ्नो होस्टलमा फंसेका छन् र शनिवारदेखि भारतीय दूतावाससित सम्पर्क गर्ने प्रय़ास गरिरहेका छन् तर उड़ानहरू बन्द भएदेखि उनी फर्किनु अब अनिश्चित भएको छ।
अब परिजनले एक एउटै माग गरिरहेका छन कि सरकारले तुरन्तै हस्तक्षेप गरोस् र ईरानमा फंसेका यी सबै भारतीय नागरिकहरूलाई सुरक्षित घर ल्याउन ठोस कदम उठाओस्।
हिन्दुस्थान समाचार / भवानी थामी