भारी मात्रामा अंग्रेजी मदिरा समेत दुई पक्राउ
भारी मात्रामा अंग्रेजी मदिरा समेत दुई पक्राउ


गुवाहाटी, 20 जून (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिस थाना र जोराबाट पुलिस आउटपोस्टको टीमको संयुक्त अभियानमा राष्ट्रिय राजमार्गमा जारी अभियानमा भारी मात्रामा अंग्रेजी मदिरा जफत गरी दुई जना तस्करलाई पक्राउ गरिएको छ।

पुलिसले शुक्रवार जानकारी गराएको छ, गुप्त सूचनाको आधारमा राष्ट्रिय राजमार्गमा चलाइएको अभियानमा मिजोरम गइरहेको ट्रक (एएस-01आरसी- 7957) बाट 160 कार्टून अंग्रेजी मदिरा जफत गरिएको छ। जसलाई एक्साइड बेटरीको आड़मा धेरै नै चतुर तरीकाले लुकाएर लगिँदैथियो।

जफत गरिएको अंग्रेजी मदिरा मेघालयमा बेच्नको निम्ति जारी गरिएको थियो। यस मामिलामा दुई जना तस्करलाई पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान हैलाकान्दीको कबीर हुसैन लश्कर र कछारको मिलन हुसैन लश्करको रूपमा गरिएको छ। यो अभियान वशिष्ठ पुलिस थाना प्रभारी कपिल पाठकको नेतृत्वमा चलाइएको थियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande