कन्याकुमारी, 20 जून (हि.स.)। कन्याकुमारी जिल्लामा समुन्द्रको सतह बढ्दै गएका कारण विगत चार दिनदेखि पर्यटकहरूलाई नुहाउन र समुन्द्रमा जान लगाइएको प्रतिबन्ध हटाइएको छ। समुन्द्रको स्थिर अवस्थालाई ध्यानमा राख्दै जिल्लापालले यो प्रतिबन्ध हटाउन आदेश दिएका छन्।
मानिसहरूलाई फेरि समुद्रमा जान अनुमति दिइएको छ। यद्यपि, उनीहरूलाई सुरक्षा नियमहरू कडाईका साथ पालना गर्न चेताउनी दिइएको छ। पुलिसले निरन्तर निगरानी गरिरहेको छ। तिरपराप्पु झरना लगायत पर्यटकीय स्थलहरू डुबानमा परेकाले मानिसहरूलाई सतर्क रहन सल्लाह दिइएको छ।
कन्याकुमारी जिल्लामा पछिल्ला केही दिनदेखि समुद्री सतह बढिरहेको छ। भारी वर्षा, तीव्र हावा र समुन्द्रमा उच्च छालका कारण पुलिसले चार दिनअघि पर्यटक र मानिसहरुलाई समुन्द्रमा जान प्रतिबन्ध लगाएको थियो। सुरक्षा सावधानीको रूपमा, प्रमुख तटीय क्षेत्रहरूमा अस्थायी ब्यारिकेडहरू लगाइएको थियो र पुलिसले कडा निगरानी गरिरहेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी