पुरुलियामा सड़क दुर्घटना, नौ जनाको मृत्यु
पुरुलियामा सड़क दुर्घटना, नौ जनाको मृत्यु


पुरुलिया, 20 जून (हि.स.)। पश्चिम बंगालको पुरुलियाको बलरामपुर थाना अन्तर्गत नामशोल गाउॅंस्थित प्राथमिक विद्यालय छेउ आज बिहान भएको सड़क दुर्घटनामा नौ जनाको मृत्यु भयो। यो दुर्घटना जमशेदपुर-पुरुलिया हाइवे 18 मा भएको हो।

पुलिस अनुसार, बलरामपुरतिरबाट आइरहेको एउटा ट्रेलर र विपरीत दिशाबाट आइरहेको बोलेरो ठोकिॅंदा दुईवटै वाहन पल्टियो। स्थानीय मानिसहरू र बलरामपुर पुलिसले बोलेरोमा यात्रा गरिरहेका नौ जनालाई गम्भीर अवस्थामा उद्धार गरेर ब्लक प्राथमिक स्वास्थ्य केन्द्र पुऱ्याए। चिकित्सकहरूले सबैलाई मृत घोषित गरिदिए। मृतकहरू सबै झारखण्डको निमडी क्षेत्रका निवासी थिए।

पुलिसले बताए, दुर्घटनापछि ट्रेलरका चालक र खलासी भागेका छन्। उनीहरूको खोजी गरिॅंदैछ। बोलेरोमा यात्रा गरिरहेका मानिसहरू झारखण्डको निमडी क्षेत्रबाट पुरुलियामा एक विवाह समारोहमा सामेल हुन आएका थिए। समारोहपछि उनीहरू निमडी फर्किरहेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande