(अपडेट) पश्चिम बंगालको पुरूलियामा सड़क दुर्घटना, 9 को मृत्यु, सबै झाऱखण्ड निवासी
(अपडेट) पश्चिम बंगालको पुरूलियामा सड़क दुर्घटना, 9 को मृत्यु, सबै झाऱखण्ड निवासी


पुरूलिया, 20 जून (हि.स.)। पश्चिम बंगालमा पुरूलियाको बलरामपुर थानान्तर्गत नामशोल गाउँ स्थित प्राथमिक विद्यालय नजिक शुक्रवार बिहान भएको सड़क दुर्घटनामा नौ जनाको मृतयु भयो। दुर्घटनाको शिकार भएका सबैजना झारखण्डका बासिन्दा थिए। दुर्घटना जमशेदपुर-पुरूलिया नेशनल हाइवे 18 मा भयो।

पुलिस अनुसार, बलरामपुरतिरबाट आइऱहेको एउटा ट्रेलर र विपरीत दिशाबाट आइरहेको बोलेरो ठोकिँदा दुवै वाहन पल्टिए। स्थानीय मानिसहरू र बलरामपुर पुलिसले बोलेरोमा यात्रा गरिरहेका 9 जनालाई गम्भीर अवस्थामा उद्धार गरेर ब्लक प्राथमिक स्वास्थ्य केन्द्र पुऱ्याए। चिकित्सकहरूले सबैलाई मृत घोषित गरे।

दुर्घटनाको शिकार भएको बोलेरो सवार मानिसहरू झारखण्डको निमड़ी क्षेत्रदेखि पुरूलिया बिहे समारोहमा सामेल भएपछि फर्किरहेका थिए। मृतकहरूमा बृहस्पति महत, गुरुपद महत, शंकर महत, विजय महत, अजय महत, कृष्णा महत, स्वपन महत सामेल छन्। यी सबै झारखण्डको निमड़ी थाना अन्तर्गत तिलैतन गाउँका निवासी थिए। यस बाहेक निमड़ी थानान्तर्गत रघुनाथपुर गाउँ निवासी चन्द्रमोहन महत र मुरू गाउँ निवासी चितरन्जन महतको पनि दुर्घटनामा मृत्यु भयो।

पुलिस अधीक्षक अभिजीत ब्यानर्जीले घटनाको पुष्टि गर्दै बताए, सबै 9 शवलाई पुलिसले आफ्नो कब्जामा लिइएको छ। दुर्घटनाको कारणहरूको जाँच चलिरहेको छ। दुर्घटनापछि घटनास्थलबाट भागेका ट्रेलर चालक र उसको सहायकको खोज जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande