मूर्ति नदीमा स्नान गर्न अनि पौड़िनदेखि रोक, जिल्ला प्रशासनले लगायो बोर्ड
मूर्ति नदीमा स्नान गर्न अनि पौड़िनदेखि रोक, जिल्ला प्रशासनले लगायो बोर्ड


जलपाईगढी, 20 जून (हि.स.)। जिल्ला प्रशासनले बर्खा याममा पहाड़ी क्षेत्रमा अवस्थित मूर्ति नदीमा स्नान गर्न र पौड़िनदेखि रोक लगाउँदै जागरूकता बोर्ड लगाएको छ।

उल्लेखनीय छ, पछिल्लो बिहीवार डायना नदीमा नुहाउँदै गर्दा एकजना स्कूले छात्र र कलेज छात्र डुबेका थिए। त्यसपछि गत सोमवार नेउरा नदीमा नुहाउँदै गर्दा एकजना युवक डुबेका थिए। तथापि उक्त युवको ज्यान बचाइयो। भनिन्छ, जिल्ला प्रशासनको यो पहल उक्त घटनाहरूको पुनरावृत्ति रोक्नको लागि गरिएको हो।

यसपूर्व विभाग, पुलिस औ वन सुरक्षा समितिका सदस्यहरूले संयुक्त रूपमा मूर्ति नदीमा नुहाउनदेखि रोक्नको लागि अभियान संचालन गरेका थिए। नदीमा नुहाउनेहरूलाई नदीबाट हटाइएको पनि थियो। त्यसपछि पनि धेरैजना मानिसहरूलाई नुहाउँदै गरेको देखियो।

यस सम्बन्धमा मूर्ति क्षेत्रका पर्यावरणविद् सबुल हकले भने, जिल्ला प्रशासनको यस पहलको सराहना गर्दछु। वर्षाको मौसममा मूर्ति नदीमा प्रवेश नगर्नु नै उचित हो। पहाड़मा पानी परेपछि मूर्ति नदीको जलस्तर अचानक बढ़्छ जसबाट नदीमा स्नान गर्ने मानिसहरू डुब्ने सम्भावना बढ़ी रहन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande