कोलकाता, 21 जून (हि.स.)। अन्तर्राष्ट्रिय योग दिवस- 2025 को अवसरमा सीमा सुरक्षा बल (बीएसएफ)- को पूर्वी कमानले कोलकातास्थित बीएसएफ अफिसर्स इन्स्टिट्यूट, गुरुसदय रोड परिसरमा भव्य योगको आयोजनलाई सफलतापूर्वक सम्पन्न गऱ्यो। ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ थीममा आधारित यस कार्यक्रममा सुरक्षा बलका वरिष्ठ अधिकारीहरू, अन्य अधिकारीहरू तथा जवानहरूले उत्साहपूर्वक भाग लिए।
यस अवसरमा अतिरिक्त महानिदेशक (पूर्वी कमान) महेश कुमार अग्रवाल, आईपीएसको नेतृत्वमा योग सत्र सम्पन्न गरियो। कार्यक्रमको शुरूआत अग्रवालको प्रेरणादायक सम्बोधनबाट भयो जसमा उनले विशेष रूपमा कठिन परिस्थितिमा कार्यरत जवानहरूको लागि योगलाई शारीरिक सशक्तता, मानसिक स्पष्टता एवं भावनात्मक सन्तुलनको प्रमुख साधना रहेको बताए।
त्यसपछि योग प्रशिक्षकहरूको मार्गदर्शनमा सामूहिक योग सत्र आयोजना गरियो जसमा आयुष मन्त्रालयद्वारा निर्धारित सामान्य योग कार्यविधि अन्तर्गत विभिन्न आसन अनि प्राणायामहरूको अभ्यास गरियो। महेश कुमार अग्रवाल, सञ्जय कुमार मिश्रा, महानिरीक्षक (अप्स) समेत सबै ऱ्यांकका अधिकारी अनि जवानहरूले यसमा भाग लिए।
यस आयोजनले बीएसएफको एकता, अनुशासन एवं स्वास्थ्यप्रति समर्पणलाई प्रदर्शन गऱ्यो। एडीजीले जवानहरूको सहभागिताको प्रशंसा गर्दै भने, योग एउटा व्यायाम मात्र नबेर बलभित्र ‘सेवा, सुरक्षा औ समर्पण’-को भावनालाई सुदृढ़ बनाउने माध्यम पनि हो। उनले पूर्वी कमानका सब एकाईहरूसित योगलाई आफ्नो दिनचर्यामा सामेल गर्ने आह्वान गरे।
कार्यक्रमको समापन योगलाई जीवनशैलीको अंग बनाउनले सामूहिक शपथबाट गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा