भवनबाट हाम फालेर युवकले गरे आत्महत्या
भवनबाट हाम फालेर युवकले गरे आत्महत्या


नयाँ दिल्ली, 21 जून (हि.स.)। दक्षिणी जिल्लाको मैदानगढ़ी क्षेत्रमा आज बिहान एकजना 22 वर्षीय युवकले भवनबाट हाम फालेर आत्महत्या गरे। घटनाको सूचना पाउनसाथ मैदानगढ़ी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि तत्काल जाँच शुरू गऱ्यो।

जाँचमा मृतकको पहिचान छतरपुर निवासी राज प्रसादको रूपमा भएको छ जसले फिल्म शुटिंग लाइनमा लाइट टेक्नीशियनको रूपमा काम गर्दथे। भनिन्छ, युवक मूल रूपमा उत्तराखण्डको रूद्रपुर निवासी थिए। पुलिसले मृतकको परिवारलाई सूचना दिएको छ।

पुलिस अधिकारी अनुसार घटनास्थलमा क्राइम टीमलाई पनि बोलाइयो जसले घटनास्थलको निरीक्षण गऱ्यो अनि आवश्यक प्रमाण एकत्र गऱ्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

हाल पुलिसले आत्महत्याको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। पुलिस अधिकारीको भनाइ छ, शुरूआती जाँचमा मामिला आत्महत्या हो भन्ने लागिरहेको छ। तर सबै सम्भावित पक्षहरूलाई ध्यानमा राखेर जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande