कोलकाता, 21 जून (हि.स.)। पश्चिम बंगालको बीरभूम ज़िल्ला अन्तर्गत लाभपुर ब्लकस्थित हाटिया गाउँमा गए शुक्रवार राती भएको बम विस्फोटमा न्यूनतम दुईजना मानिसहरूले ज्यान गुमाएका छन्। पुलिस अधिकारीहरूले शनिवार यस घटनाको पुष्टि गरेका छन्। यो विस्फोट दुई आपराधिक गुटमाझ दिनभरि भएको हिंसक झड़पपछि भएको हो।
पुलिस सूत्र अनुसार दुई गुटमाझ लामो समयदेखिकै क्षेत्रमा वर्चस्वको संघर्ष भइरहेको थियो। गए शुक्रवार अबेर साँझ मुख्य रूपमा यो तनाउ त्यसबेला बढ़्यो जतिबेला शेख मैनुद्दीन र उसका सहयोगी शेख मुस्ताफीले पुनःगाउँमा प्रवेश गर्ने चेष्टा गरे जसलाई केही दिनअघि प्रतिद्वन्द्वि गुटको दबावमा आएर गाउँ छोड़्नु परेको थियो। भनिन्छ, गाउँमा पहिलाबाटै प्रभुतव जमाइसकेका शेख मुनिरको नेतृत्वमा रहेको गुटले उनीहरूलाई रोक्यो जसपश्चात यो झड़प भयो।
घटनाको बारेमा बीरभूमका पुलिस अधीक्षक अमनदीपले शनिवार अपरान्ह बताए, दुईजना मानिसहरूको मृत्यु भएको छ। घटनाको जाँंच जारी छ। तथापि मृतकहरूको आधिकारिक पहिचान अहिलेसम्म सार्वजनिक गरिएको छैन। स्थानीय सूत्रको दाबी छ, मृतक सत्तारूढ़ तृणमूल कंग्रेससित आवद्ध थिए।
ग्रामीणहरूले बताए, राती मैनुद्दीन र मुस्ताफी हतियार तथा देशी बमहरू लिएर गाउँ फर्केका थिए जसपश्यात दुई पक्षमाझ भिड़न्त भयो। यसै अवधि ठूलो संख्यामा देशी बमहरूले प्रहार गरियो जसमा दुईजना मानिसहरूको मृत्यु भयो भने अन्य धेरैजना घाइते भए। तथापि पुलिसले घाइतेहरूको पुष्टि गरेको छैन। यस सम्पूर्ण मामिलालाई लिएर गोपनीयता अप्नाइएको छ। गाउँको तनाउपूर्ण स्थितिलाई मध्यनजर गर्दै पुलिस बललाई तैनाथ गरिएको छ। मामिलाको गहन जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा