भवनको चौथो तलाबाट झरेर घाइते भएका श्रमिकको मृत्यु
भवनको चौथो तलाबाट झरेर घाइते भएका श्रमिकको मृत्यु


सिलगढ़ी, 21 जून (हि.स)। निर्माणाधिन भवनको चौथो तलाबाट झरेर घाइते भएका एकजना श्रमिकको शनिवार मृत्यु भयो। मृत श्रमिकको पहिचान राजगञ्ज ब्लकको सन्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत गुम्मागाछ क्षेत्रका निवासी युसूफ अली (48)-को रूपमा भएको छ। यो घटना गए शुक्रवार अबेर राती सिलगढ़ी संलग्न फुलबाड़ीको पश्चिम धनतलामा भएको थियो।

स्थानीय सूत्र अनुसार युसूफ अली लामो समयदेखिकै निर्माण श्रमिकको रूपमा काम गर्द आएका थिए। अन्य दिन सरह शुक्रवार पनि तिनी आफ्नो जेठो छोरासित फुलबाड़ीको निर्माणाधिन चार तले भवनमा काम गर्न आएका थिए। काम गर्ने क्रममा तिनी चौथो तलाबाट तल झरेर गम्भीर रूपमा घाइते भए। घटनापछि तिनलाई हतार-हतार स्थानीय मानिसहरूले नजिकैको अस्पतालमा भर्ती गरियो, तर उपचारको क्रममा तिनको गए अबेर राती मृत्यु भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande