एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित


गान्तोक, 21 जून (हि.स.)। स्यारी निर्वाचन क्षेत्र अन्तर्गत चानमारीमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको वार्डस्तरीय कमिटी गठन गरिएको छ। पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आयोजित कार्यक्रममा क्षेत्र विधायक तथा सल्लाहकार तेन्जिङ नर्बु लाम्था मुख्य अतिथि थिए। कमिटी गठन कार्यक्रम चानमारी पार्टी कार्यालयमा सम्पन्न भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस अवसरमा वार्ड पार्षद छुङ्कीला लेप्चा, सीएलसी अध्यक्ष फुर्बा पाख्रीन, सीएलसी युथ संयोजक पेम दोर्जी भोटिया, पार्टी कार्यकर्ताहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा टाशी भोटियाको अध्यक्षतामा एसकेएमको चानमारी वार्डस्तरीय कमिटी गठन गरियो।

क्षेत्र विधायक र सीएलसी अध्यक्षले नवनियुक्त पदाधिकारीहरूलाई खदा लगाइदिएर बधाई एवं शुभकामना दिए। विधायक लाम्थाले पदाधिकारीहरूलाई पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीका नीति र सिद्धान्तहरू अनुरुप काम गर्न आह्वान गरे। उनले पार्टीका नीतिहरू र कार्यक्रमहरू जनतासम्म पुऱ्याउन तथा पार्टीलाई तृणमूल स्तरमा सुदृढ बनाउन समर्पित बनेर काम गर्नुपर्छ भनी बताए। उनले नवनियुक्त पदाधिकारीहरूलाई एसकेएम पार्टीको हितमा मिलेर काम गर्न पनि आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande