बाक्साको सालबारीमा आयोजित 11औं अन्तर्राष्ट्रिय योग दिवसमा सामेल भए मुख्यमन्त्री डा. सरमा
बाक्साको सालबारीमा आयोजित 11औं अन्तर्राष्ट्रिय योग दिवसमा सामेल भए मुख्यमन्त्री डा. सरमा


बाक्सा (असम), 21 जून (हि.स.)। बाक्साको सालबारीमा आज 11औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राज्यस्तरीय समारोह आयोजना गरियो। समारोहमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पनि भाग लिए। कार्यक्रम अवधि प्रधानमन्त्री नरेन्द्र मोदीले योग दिवस समारोहमा सामेल भएका दृश्यहरूलाई पनि प्रत्यक्ष प्रसारण गरियो।

मुख्यमन्त्रीसित बोड़ोल्याण्ड टेरिटोरियल रीजन (बीटीआर)- का प्रमुख प्रमोद बोड़ो, असम सराकरका मन्त्री जयन्त मल्लबोरा, उर्खाओ गौरा ब्रह्म, विधायक फणिधर तालुकदार सहित बीटीआरका केही कार्यकारी सदस्य, परिषदका पदाधिकारीहरूले पनि योग दिवसमा भाग लिए। यस अवसरमा लगभग 2 हजार नागरिकहरूको सहभागिता देखियो। योगासन गरेपछि मुख्यमन्त्री डा. सरमाले मीडियासित बातचित गर्दै योगको महत्वमाथि प्रकाश पारे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande