अगरतला, 21 जून (हि.स.)। त्रिपुराको राजधानी अगरतलाको हापनिया मेला ग्राउण्डमा शनिवार 11औं अन्तर्राष्ट्रिय योग दिवस पूर्ण उत्साहको साथमा मनाइयो। यस राज्यस्तरीय समारोहमा राज्यका मुख्यमन्त्री माणिक साहा लगायत ठूलो संख्यामा अधिकारी, योग चिकित्सक तथा अन्य गणमान्य मानिसहरू उपस्थित थिए। सबैले एकसाथ योगासन अनि योगाभ्यास गरे।
अन्तर्राष्ट्रिय योग दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, योगले आत्म-जागरूकतालाई मात्र प्रेरित गर्दैन जबकि तनाउलाई कम गर्न तथा स्वस्थ तन अनि मनलाई सुनिश्चित गर्नमा पनि मद्दत गर्दछ। उनले भने, योगले मानिसहरूलाई आफै बुझ्नमा सहयोग गर्दछ। आत्म-साक्षात्कार जीवनको सबैभन्दा महत्वूपूर्ण पाटोमध्ये एक हो जसलाई हासिल गर्नको लागि योग एउटा महत्वपूर्ण साधन हो। यसले हामीलाई तनाउमुक्त अनि स्वस्थ जीवन जिउनमा पनि मद्दत गर्दछ।
मुख्यमन्त्रीले भने, पछिल्ला वर्षहरू सरह यस वर्ष पनि त्रिपुराभरि नै योग दिवस बड़ो उत्साहको साथमा मनाइयो। हाम्रो योगको संस्कृतिमा गहिरो जरा गाड़िएको छ। हाम्रा सन्तहरूले शताब्दिऔंदेखि यसको अभ्यास गरेका छन्। आज सारा दुनियाँले यसको लाभलाई चिनिरहेका छन्। संयुक्त राज्य अमेरिका र चीन जस्ता देशहरूमा 1.33 लाखभन्दा अधिक योग केन्द्रहरू छन्।
मुख्यमन्त्रीले चिन्ता व्यक्त गरे, डिजिटल युगमा युपा पिँढ़ी द्रूत गतिमा तकनिकबाट ग्रस्त भइरहेका छन् जसले गर्दा यिनीहरू योगको अभ्यासदेखि टाड़िँदैछन्। उनले आग्रह गरे, यस इन्टरनेट संचालित युगमा हाम्रा देशका युवाहरू पनि योगसित जोड़िनुपर्छ। यसलाई सबैले एक दैनिक अभ्यास बनाउनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा