राजगढ़,21 जून(हि.स.)। कालीपीठ थाना क्षेत्र ग्राम भवानीपुरामा बस्ने 22 वर्षीय दलित युवतीले लातलाई निवासी युवकमाथि बलजफ्ती दुष्कर्म गरेर भीडियो बनाएको अनि त्यसलाई भाइरल बनाएको आरोप लगाएकी छे। पुलिसले शनिवार घटनास्थलबाट सुइँकुच्चा ठोकेको आरोपी युवक विरूद्ध आईटी एक्ट, एससीएसटी एक्ट सहित विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरी आरोपीलाई खोज्न शुरू गरेको छ।
पुलिस अनुसार ग्राम भवानीपुरा निवासी 22 वर्षीय दलित महिलाले बताइन्, दुई महिनाअघि ग्राम लालतलाई निवासी राजू, पुत्र कैलाश सौंधियाले बलजफ्ती उसित गलत काम गऱ्यो। साथै भीडियो बनायो पछि विरोध गर्दा भीडियोलाई भाइरल गरिदियो। पुलिसले पीड़िताको रिपोर्टमा भगौड़ा आरोपी विरूद्ध धारा 64 बीएनएस, आईटी, एससीएसटी एक्ट अन्तर्गत मामिला दर्ता गरी खोजी कार्य शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा