नयाँ दिल्ली, 21 जून (हि.स.)। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिवार नयाँ दिल्ली स्थित पण्डित दीनदयाल उपाध्याय पार्कमा भव्य योग कार्यक्रमको आयोजन गरियो। यस अवसरमा भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय संगठन महामन्त्री बी.एल. सन्तोष, राष्ट्रिय महामन्त्री अरुण सिंह, भाजपाका राष्ट्रिय संगठक वी. सतिश, राज्यसभा सांसद लक्ष्मीकान्त वाजपेयी र दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवा सहित केही वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।
पण्डित दीनदयाल उपाध्यायको स्मृति स्थलमा पहिलो पटक आयोजित योग दिवस कार्यक्रममा दिल्ली सरकारका स्वास्थ्य मन्त्री डा. पंकज सिंह, चाँदनी चौक जिल्ला अध्यक्ष अरविन्द गर्ग एवं सह-कार्यालय मन्त्री अमित गुप्ता समेत सैकड़ौं भाजपा कार्यकर्ता अनि स्थानीय मानिसहरूले यस योग सत्रमा भाग लिए।
दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचलेदेवाले योगको महत्वमाथि प्रकाश पार्दै भने, योग भारतको प्राचीन जीवनशैली हो जुन शारीरिक स्वास्थ्य मात्र नभएर मानसिक सशक्तिकरणको साधन पनि हो। नियमित योग अभ्यास आत्मविश्वास बढ़ाउन तथा आत्म-नियन्त्रणमा सहायक हुन्छ।
सचदेवाले जानकारी गराए, दिल्ली भाजपाका सबै 256 मण्डलहरूमा योग दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरियो। यसमा सांसद, विधायक, मण्डल अध्यक्ष सहित ठूलो संख्यामा कार्यकर्ताहरूले भाग लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा