लगातार वर्षा अनि डीभीसीले पानी छोड़िरहेकोले दक्षिण बंगालमा बाढ़ी जस्तै स्थिति
weather


कोलकाता, 21 जून (हि.स.)। अविरल वर्षा अनि दामोदर भ्याली कर्पोरेशन (डीभीसी)-ले छोड़ेको पानीले गर्दा दक्षिण बंगालका धेरैवटा जिल्लाहरूमा बाढ़ी आएको छ। पश्चिम मिदनापुरमा गरबेता-घाटाल, हुगलीमा आरामबाग-गोघाट औ हावड़ा र बाँकुड़ाका केही भागहरूमा पनि बाढ़ी आएको छ। स्थितिको सामना गर्नको लागि प्रशासनले राहत शिविरहरू स्थापना गरी प्रभावितहरूलाई राखेको छ।

गए शुक्रवार मुख्यमन्त्री ममता ब्यनर्जीले नवान्नबाट स्थितिको सामना गर्नका लागि सम्बन्धित जिल्लाका मन्त्रीहरूलाई अतिरिक्त सतर्कता अप्नाउने आदेश दिएकी छन्। नवान्न सूत्र अनुसार पश्चिम मिदनापुरमा मान भुइँया, बाँकुड़ा-पुरुलियामा मन्त्री मलय घट तथा हुगलीमा आरामबाग, घोटाकको लागि फिरहाद हकिलाई सतर्कता अप्नाउने जिम्मेवारी सुम्पिइएको छ।

वास्तवमा गए सोमवारदेखि बिहीवारसम्म भएको अविरल वर्षाले पश्चिम मिदनापुरको घाटाल अनि गरबेतामा बाढ़ीको स्थिति उत्पन्न भएको छ। भौगोलिक दृष्टिले घाटाल क्षेत्र घैलो जस्तै छ। परिणामस्वरूप पानीको निकासीमा समस्या भइरहेको छ। समस्या समाधानको लागि घाटाल मास्टर प्लानमा पनि काम शुरू भएको छ।

जिल्लाको गरबेटा-1 ब्लकका दसवटा अनि गरबेता-2 ब्लकका चार वटा क्षेत्रहरूमा स्थिति गम्भीर भएको छ। आगरा, धादिका, खरकुश्मा, बारामुरा, सन्धिपुर, गरंगा, पियाशाला, जोगरडांगा, सरबत, अमलाशुली क्षेत्रका मानिसहरूलाई सुरक्षित राहत शिविरहरूमा स्थानान्तरण गरिएको छ। प्रशासनले 21 वटा राहत शिविरहरू स्थापना गरेको छ जसमा 25 सय मानिसहरू बसेका छन्। क्षेत्रका बुजुर्गहरू अनुसार यसपूर्व सन् 1978-मा पनि बाढ़ीको यस्तै स्थिति उत्पन्न भएको थियो। उनले आजको स्थितिको निम्ति डीभीसी सहित वर्षाको पानीलाई जिम्मेवार ठहराएका छन्।

शुक्रवार वर्षा नभएको कारणले जलस्तर केही घटे पनि मौसम विभागको पूर्वानुमान अनुसार आइतवारदेखि फेरि घना वर्षा हुने सम्भावना छ। डीवीसीले फेरि पानी छोड़े स्थिति अझ बिग्रिनसक्छ। नवान्न सूत्रानुसार मुख्यामन्त्री ब्यनर्जीले मन्त्रीहरू लगायत जिल्ला प्रशासनका शीर्ष अधिकारीहरूलाई बाढ़ीको स्थितिमाथि कड़ा निगरानी राख्ने आदेश दिएकी छन्। मुख्यमन्त्री स्वयंले पनि स्थितिमाथि निगरानी राखिरहेकी छन्।

हावड़ाको अमता-2 ब्लकमा स्थिति अझ गम्भीर भएको छ। प्रशासन सूत्र अनुसार अमता-2 ब्लकका गायेनपाड़ा र कुलियामा दुईवटा बाँसको पुललाई गए शुक्रवार पानीले बगाएको छ। फलस्वरूप भटोरा दीपाञ्चल मुख्य भूमिदेखि विच्छिन्न भएको छ। आागमनको एकमात्र साधन नौका सेवा हो। तर नदीमा तीव्र प्रवाहको कारणले यसलाई हाल बन्द गरिएकोछ। हुगलीका आरामबाग-बदनगञ्ज, कमारपुकुर र जयरामबाटीका केही भाग पनि पाीमा डुबेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande