कोलकाता, 21 जून (हि.स.)। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पश्चिम बंगालका राज्यपाल डा. सी. वी. आनन्द बोसले भारतको प्राचीन साधना 'योग'- लाई वैश्विक स्तरमा गौरव दिलाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका पहलको सराहना गर्दै देशवासीहरूलाई शुभकामना दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भने, वर्ष 2014-मा संयुक्त राष्ट्रले प्रधानमन्त्री मोदीको प्रस्तावलाई स्वीकार गर्दै 21 जूनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गऱ्यो, तबदेखि योग भारतमा मात्र सीमित नरहेर विश्वभरि नै एकताको प्रतीक बन्न पुगेको छ।
राज्यपालले भने, “पहिला योग एक व्यक्तिगत साधना थियो भने आज यो एक वैश्विक जुड़ाउ बनिसकेको छ, मन, शरीर एवं आत्माको मिलनको माध्यम।” उनले यस दिनको महत्वमाथि प्रकाश पार्दै भने, यसले हामीलाई स्मरण गराउँछ कि एक स्वस्थ शरीर अनि शान्त मन नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। योगले शरीरलाई मात्र सबल बनाउँदैन जबकि मनलाई पनि स्थिर र विचारहरूलाई स्पष्ट बनाउँछ।
उल्लेखनीय छ, यस वर्ष “योग संगम- 2025” थीम अन्तर्गत अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ जसको सन्देश छ- एक पृथ्वी, एक स्वास्थ्य। राज्यपालले बताए, देशभरिकै शहर अनि गाउँहरूमा लाखौं मानिसहरूले एकसाथ योगाभ्यास गरिरहेका छन्। उनले भने, मानौं सारा देशले एकसाथ सास लिरहेको छ।”
राजभवन, कोलकाताद्वारा पनि यस ऐतिहासिक पहलको अंग बन्न पाउँदा गर्व व्यक्त गरियो। राज्यपालले भने, यो आन्दोलन स्वास्थ्य मात्र नभेर विश्व शान्ति अनि कल्याणको लागि पनि एक महत्वपूर्ण प्रयास हो। उनले भने, “योग एउटा यस्तो माध्यम हो जसलाई कुनै पनि उमेरमा उचित मार्गदर्शन अनुरूप शुरू गर्न सकिन्छ अनि प्रतिदिन थोरै साधनाबाट पनि शरीर अनि मन दुवैलाई स्वस्थ राख्न सकिन्छ।”
राज्यपाल बोसले देशवासहरूसित आह्वान गरे, योगलाई आफ्नो जीवनको हिस्सा बनाउननुहोस्- सर्वत्र, सर्वदा औ सामूहिक रूपमा।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा