राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन
राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन


राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन


गान्तोक, 21 जून (हि.स.)। राजधानीको पाल्जोर स्टेडियमस्थित इन्डोर हलमा शनिवार बिहान राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन गरियो। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, क्याबिनेट मन्त्रीहरू, लोकसभा सांसद, विधायकगण, मुख्य सचिव, डीजीपी, अधिकारीहरू र विद्यार्थीहरू सहभागी बने।

मुख्यमन्त्री तामाङले राज्यपाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा 11औं अन्तरराष्ट्रिय योग दिवसमा सहभागी बन्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज बिहान सामाजिक सञ्जालमा भने, हाम्रो देशको सम्पदा र गौरव प्राचीन योग अभ्यासलाई अन्तरराष्ट्रिय मान्यता प्रदान गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका पहलहरूको म हृदयदेखि प्रशंसा गर्दछु।

मुख्यमन्त्रीले भने, आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले विशाखापत्तनमबाट राष्ट्रलाई सम्बोधन गर्दै 11 वर्षपछि योग अब विश्वभरका लाखौं मानिसहरूको जीवनमा सम्मिलित बनेको उल्लेख गरे भने यस संस्करणलाई 'मानवताका लागि योग 2.0' बताए, जसले यसको विश्वव्यापी महत्त्वलाई पुष्टि गर्दछ।

मुख्यमन्त्रीले राज्य स्वास्थ्य तथा परिवार कल्याण विभाग अन्तर्गत राष्ट्रिय आयुष अभियानलाई उक्त कार्यक्रम आयोजना गरेकोमा कृतज्ञता व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande