विद्या भारती सिक्किमका लगभग 1550 विद्यार्थीहरूले गरे योग
विद्या भारती सिक्किमका लगभग 1550 विद्यार्थीहरूले गरे योग


गान्तोक, 21 जून (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको प्रान्तीय समिति विद्या भारती सिक्किम अन्तर्गत सबै 16 विद्यालय र 4 संस्कार केन्द्रहरूमा आज 11औं अन्तरराष्ट्रिय योग दिवस कार्यक्रम आयोजन गरियो। विद्या भारतीको देशभरि सञ्चालित 13 हजारभन्दा धेरै विद्यालयहरूमा योगको अभ्यास, प्रदर्शन, स्वास्थ्य लाभ, आध्यात्म, प्रशिक्षण, बैठक क्रियान्वयनको निम्ति व्यवस्थित पाठ्यक्रम एवं मूल्याङ्कन व्यवस्था छ।

विद्या भारती सिक्किमद्वारा सिक्किम र दार्जिलिङ क्षेत्रमा सञ्चालित विद्यालयहरूमा 11औं अन्तरराष्ट्रिय योग दिवसमा लगभग 1550 विद्यार्थी, 460 अभिभावक, 246 सञ्चालन समिति सदस्य लगायत 170 जना पूर्व विद्यार्थीहरू र शुभचिन्तकहरूले भाग लिएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्। यस क्रममा सरस्वती विद्या निकेतन, सामदोङ, गान्तोकमा भव्यरूपमा कार्यक्रम आयोजन गरिएको थियो।

उक्त कार्यक्रममा संयोजक शर्मा, विद्यालयका मार्गदर्शक टेकनाथ भट्टराई, अध्यक्ष त्रिलोचन भट्टाचार्य, धर्मराज अधिकारी आदि उपस्थित थिए। विद्या भारती सिक्किम अन्तर्गत सबै विद्यालयहरूमा योगका जानकारी आचार्यहरू नियुक्त गरिएका छन्। हप्तामा कम्तिमा एक कालांश योग शिक्षा सञ्चालन गरिन्छ। विद्या भारतीका आधारभूत विषयहरूमा योग विषय पनि प्रमुख रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande