कोलकाता, 21 जून (हि.स.) । पश्चिम बंगालमा मनसुन सक्रिय भएको छ, तर हाल राज्यले दुई दिनसम्म घना वर्षादेखि केही राहत पाउने सम्भावना व्यक्त गरिएको छ। अलिपुर मौसम विभाग अनुसार बंगालको खाड़ीमा निर्मित निम्न दबावको क्षेत्र झारखण्ड तर्फ गइरहेको छ जसले गर्दा हाल राज्यमा वर्षाको सिलसिला रोकिनेछ। यद्यपि मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा जारी रहनेछ।
दक्षिण र उत्तर बंगालमा आगामी दुई दिनसम्म मौसम लगभग एक समान रहनेछ। हल्का वर्षाबीच आद्रत जनित असुविधा बढ़्नसक्छ। मौसम विभागले बतायो, शनिवार दक्षिण बंगालका विभिन्न भागहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। कता-कता मेघ गर्जनसितै पानी पर्नसक्छ।
आइतवारदेखि मौसमले फेरि कोल्टे फेर्नेछ। बीरभूम अनि मुर्शिदाबाद जिल्लामा घना वर्षाको चेताउनी जारी गरिएको छ। सोमवार कोलकाता सहित दक्षिम बंगालका सबै जिल्लाहरूमा तीव्र हावा सहित वर्षा हुनसक्छ। मंगलवार दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुरमा भारी वर्षा हुने आशंका छ। बुधवार अनि बिहीवार वर्षाको तीव्रता तथा व्यापकता अझ बढ़्ने सम्भावना छ।
उत्तर बंगालका जलपाईगुड़ी र अलिपुरद्वार जिल्लामा शनिवार छरिएको वर्षा हुनसक्छ। आइतवार दार्जीलिङ, कालेबुङ, अलिपरद्वार, कुचबिहार अनि जलपाईगुड़ी जिल्लामा घना वर्षा हुने पूर्वानुमान छ। सोमवार भने वर्षाको दायरा अझ बढ़्नसक्छ। मालदा, उत्तर औ दक्षिण दिनाजपुरमा पनि घना वर्षाको चेताउनी जारी गरिएको छ। केही जिल्लारू क्रमैले दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, कुचबिहार औ जलपाईगुड़ीमा भारी वर्षा हुने आशंका छ।
कोलकाताको तापमान आगामी 24 घण्टामा 26 डिग्रीदेखि 31 डिग्री सेल्सियसबीच रहनसक्छ। बितेको 24 घण्टाभित्रमा 0.1 मिलीमीटर वर्षा दर्ता गरिएको छ।
राज्यभरि नै हाल गर्मीबाट राहत महसूस गरिएको भए पनि आद्रताजन्य समस्याले मानिसहरू हैरान भएका छन्। मौसम विभागले आइतवार घना वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सतर्क रहने सल्लाह दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा