अन्तरराष्ट्रिय योग दिवसलाई लिएर उदासीन ममता ब्यनर्जीले दिइन संगीत दिवसको शुभकामना
अन्तरराष्ट्रिय योग दिवसलाई लिएर उदासीन ममता ब्यनर्जीले दिइन संगीत दिवसको शुभकामना


कोलकाता, 21 जून (हि.स.)। शनिवार देशभरि नै एघारौं अन्तरराष्ट्रिय योग दिवस मनाउनका साथै देशका प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, नोकरशाह, राजनेताहरूले देशवासीहरूलाई योग दिवसको बधाई दिरहेका थिए भने अर्कोतिर पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा देशवासीहरूलाई संगीत दिवसको बधाई दिइन्।

यस अवसरमा एउटा गीत पोस्ट गर्दै ममता ब्यनर्जीले लेखिन्, संगीत दिवसको अवसरमा सबैलाई मेरो हार्दिक बधाई एवं शुभकामना। संगीतको धुनले सबैको हृदयमा खुशी लिएर आयो। संंगीत कलाकारलाई जीतको आवाजमा 'संगीत दिवसको गीत', मेरा शब्द तथा धुनको साथमा।

यो समाचार लेखुञ्जेलसम्म पनि सोशल मीडिया प्लेटफर्ममा 11 औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ममता ब्यनर्जीको पक्षबाट कुनै प्रकारको सन्देश पोस्ट गरिएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande