हुगली, 21 जून (हि.स.)। हुगली जिल्लाका विभिन्न क्षेत्रहरूमा राज्यको ममता ब्यनर्जी सरकारको पहलमा शनिवारदेखि दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण कार्य शुरू भएको छ। यसलाई लिएर स्थानीय भाजपा नेतृत्वले तृणमूल कंग्रेसमाथि प्रसाद वितरणको राजनीतिकरण गरेको आरोप लगाएका छन्। जिल्लाका विभिन्न राशन पसलहरूबाट राशन कार्ड धारक परिवारहरूलाई एउटा प्याकेटमा एउटा लड्डु, एउटा पेड़ा र एउटा प्रभु जगन्नाथको तस्वीर प्रसादको रूपमा वितरण गरिँदैछ।
यस सन्दर्भमा श्रीरामपुर शहर तृणमूल कंग्रेस अध्यक्ष सन्तोष (पप्पू सिंह)-ले भने, हाम्रो यहाँ 32 वटा राशन पसलहरू छन्। प्रतिदिन दुई-अढ़ाई हजार परिवारहरूमा प्रसाद वितरण गर्ने लक्ष्य राखिएको छ। रिषड़ा नगरपालिकाका चेयरम्यान विजय सागर मिश्राले भने, मुख्यमन्त्री ममता ब्यनर्जीको निर्देश मुताविक रिषड़ामा आजदेखि भगवान जगन्नाथको प्रसाद वितरण राशन पसलहरूको माध्यमबाट शुरू गरिएको छ। पहिलो चरणमा लगभग साढ़े चौध हजार परिवारमा प्रसाद वितरण गरिनेछ राशन कार्ड नभएका परिवारहरूलाई पनि पछि प्रसाद वितरण गरिनेछ।
यता हुगली सांगठनिक जिल्ला, भाजपाका अध्यक्ष गौतम च्यटर्जीले राज्य सरकारको प्रसाद वितरणलाई राजनीतिको संज्ञा दिँदै हिन्दुुस्थान समाचार- सित भने, उनले यसलाई प्रसाद मान्दैनन्। तृणमूल कंग्रेसले प्रसादको नाममा राजनीति गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा