पहिलो वाममोर्चा सरकारको वर्षगाँठमा सुजन चक्रवर्तीले स्मरणहरूलाई ताजा बनाए
पहिलो वाममोर्चा सरकारको वर्षगाँठमा सुजन चक्रवर्तीले स्मरणहरूलाई ताजा बनाए


कोलकाता, 21 जून (हि.स.)। पश्चिम बंगालमा वाम मोर्चा सरकारको स्थापनालाई स्मरण गर्दै सीपीएमका वरिष्ठ नेता तथा प्रवक्ता सुजन चक्रवर्तीले शनिवार सोशल मीडियामा एक भावुक सन्देश साझा गरे। यस दिनलाई राज्यको राजनीतिक इतिहासमा एक महत्वपूर्ण मोड़को रूपमा हेरिन्छ जतिबेला 21 जून, 1977-मा कमरेड ज्योति बसुको नेतृत्वमा पहिलो पटक वाममोर्चा सरकार गठन भएको थियो।

सुजन चक्रवर्तीले एक्स (पूर्वमा ट्विटर)-मा लेखे - 21 जून, 1977 -मा आजकै दिन पश्चिम बंगालको इतिहासमा एक स्वर्ण युगको शुरूआत भएको थियो। यस दिन पहिलो पटक बाम मोर्चा सरकारले कमरेड ज्योति बसुको नेतृत्वमा आफ्नो ऐतिहासिक यात्रा शुरू गरेको थियो। यो एउटा सरकार गठन मात्र थिएन जबकि जनताको जीत, संघर्षको परिणति अनि श्रमजीवी वर्गका आकांक्षाहरूको अभिव्यक्ति थियो।”

उनले अझ लेखे, “म आजको दिनमा श्रद्धा पूर्वक ती तमान शहीद, कमरेड्स तथा परिश्रमी जनतालाई स्मरण गर्दछु जसको संघर्ष, त्याग अनि बलिदानले वाम मोर्चा सरकारको आधार राख्यो। यो सरकार ती मानिसहरूको आशाको प्रतीक बन्यो जसले भूमि सुधार, श्रमिक, अधिकार तथा सामाजिक न्यायको लागि संघर्ष गरे।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande