कोलकाता, 21 जून (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका संस्थापक डा. केशव बलिराम हेडगेवारको पुण्यतिथिमा केन्द्रिय मन्त्री औ पश्चिम बंगाल भाजपाका अध्यक्ष डा. सुकान्त मजुमदारले उनलाई श्रद्धाञ्जलि अर्पण गरे। उनले शनिवार एक्समा डा. हेडगेवारको तस्वीर साझा गर्दै भावपूर्ण सन्देश लेखे।
सुकान्त मजुमदारले आफ्नो सन्देशमा भनेका छन्, परम श्रद्धेय डा. केशव बलिराम हेडगेवारजीको पुण्यतिथिमा हृदयको गहिराईबाटै श्रद्धाञ्जलि अर्पण गर्दछु। उनले जागृत गरेको राष्ट्रियताबोध, अनुशासन औ नि:स्वार्थ आत्मबलिदानको आदर्श आज पनि हाम्रो चेतनामा समान रूपमा दीप्यमान छ जसले हामीलाई मार्ग देखाउँछ अनि प्रेरणा दिन्छ।
संगठन निर्माण औ राष्ट्र सेवाप्रति डा. हेडगेवारको समर्पणलाई स्मरण गर्दै सुकान्त मजुमदारले भने, उनको जीवन देशभक्ति, संगठनात्मक कौशल तथा वैचारिक दृढ़ताको प्रतीक हो। उनको विचारले आज पनि लाखौं युवाहरूलाई प्रेरित गर्दछ साथै भारतलाई एक सशक्त राष्ट्र बनाउने दिशामा मार्गदर्शन गर्दछ।
डा. हेडगेवारको जन्म 1889 सालमा नागपुरमा भएको थियो भने उनले 1925 सालमा राष्ट्रिय स्वयंसेवक संघको स्थापना गरेका थिए। उनको उदेश्य भारतवर्षमा राष्ट्रभाव जगृत गरेर एक संगठितत समाजको निर्माण गर्नुथियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा