कोलकाता, 21 जून (हि.स.)। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय जनता पार्टी (भाजपा) पश्चिम बंगाल एकाईका अध्यक्ष एवं केन्द्रिय मन्त्री डा. सुकान्त मजुमदारले प्रधानमन्त्री नरेन्द्र मोदीको उद्धरणको उल्लेख गर्दै योगको सम्बन्धमा एक विशेष सन्देश जारी गरे। उनले शनिवार एक्स (पूर्वमा ट्विटर)-मा प्रधानमन्त्रीको भीडियोलाई साझा गर्दै लेखेका छन्, आउनुहोस् हामी सबै मिलेर योगलाई एक जन आन्दोलन बनाऔं।
आफ्नो सन्देशमा डा. सुकान्त मजुमदारले लेखे, यो एउटा यस्तो आन्दोलन हो जसले विश्वलाई शान्ति, स्वास्थ्य अनि सौहार्द तर्फ दोहोऱ्यायो। यस्तो आन्दोलन जसमा हरेक व्यक्तिले दिनको शुरूआत योगबाट गर्दछन् अनि आफ्नो जीवनमा सन्तुलन खोज्दछन्। हरेक समाज योगसित जोड़िएपछि तनाउमुक्त हुन्छ। जब योग सम्पूर्ण मानवतालाई एक सूत्रमा जोड़्ने माध्यम बन्दछ, तब योग एक पृथ्वी तथा एक स्वास्थ्यको लागि वश्विक संकल्पमा परिमत हुन्छ।
योग दिवसको यस अवसरमा मजुमदारले यो पनि भने, भारतले योगको माध्यमबाट सारा विश्वलाई स्वास्थ्य अनि मानसिक शान्तिको बाटो देखाएको छ। उनले सर्वसाधारण मानिसहरूलाई आह्वान गरे, योगलाई आफ्नो जीवनको अंग बनाउनुहोस् अनि यसलाई एक सामाजिक आन्दोलको रूपमा अप्नाउनुहोस्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अन्तर्राष्ट्रिय योग दिवसमा देशवासीहरूलाई शुभकामना दिँदै योगलाई जीवनमा अप्नाउने आग्रह गरे। उनले भने, योग शारीरिक व्यायाम मात्र होइन जबकि यो शरीर, मन र आत्मको सन्तलन हो जसले व्यक्तिलाई समग्र रूपमा स्वस्थ बनाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा