रासायनिक कारखानामा ग्यास चुहिँदा दुई जना श्रमिकहरूको मृत्यु
रासायनिक कारखानामा ग्यास चुहिँदा दुई जना श्रमिकहरूको मृत्यु


कोलकाता, 21 जून (हि.स.)। उत्तर 24 परगना जिल्लाको बेलघरिया क्षेत्रमा गए शुक्रवार राति एक रासायनिक फ्याक्ट्रीमा ग्यास चुहावटको कारण ठूलो दुर्घटना भयो। यस दुर्घटनामा दुईजना श्रमिकहरूको मृत्यु भयो भने अर्को श्रमिकको अवस्था गम्भीर रहेको बताइएको छ। पुलिस अनि प्रशासनिक अधिकारीहरूको उपस्थितिमा राहत एवं बचाउ कार्य अबेर रातिसम्म भइरह्यो।

पुलिस औ फ्याक्ट्री सूत्र अनुसार मृतकहरूको पहिचान 60 वर्षीय रबिन आइच र 55 वर्षीय सुरजीत माइतीको रूपमा भएको छ भने गम्भीर रूपमा घाइते तेस्रो श्रमिक गोविन्द नन्दीलाई तत्कालै कमरहाटी स्थित सागर दत्त मेडिकल कलेज एवं अस्पातलमा भर्ती गरिएको छ। भनिन्छ, तीनै जना श्रमिकहरू सदा जस्तै शालपाता बगान क्षेत्रस्थित उक्त केमिकल फ्याक्ट्रीमा काम गरिरहेका थिए। यस अवधि फ्याक्ट्री प्रबन्धनले उनीहरूलाई एउटा पुरानो ड्रममा रहेको केमिकललाई सफा गर्ने निर्देश दियो। यसै क्रममा विषालु ग्यास चुहिएर यस्तो ज्यानमारा घटना घट्यो।

ब्यारकपुर कमिश्नरेटका डीसी (साउथ) अनुपम सिंहले बताए, प्राथमिक जाँचमा यस्तो लागिरहेको छ कि ड्रममा जमा भएको पुरानो केमिकललाई फाल्दा त्योसितै विषालु ग्यास पनि निक्लियो अनि श्रमिकहरूको श्वासनलीमा पुग्यो। यसबाट दुई जनाको मृत्यु भयो भने एकजनाको अवस्था गम्भीर रहेको छ।

घटनापछि फ्याक्ट्री परिसर अनि वरपरका क्षेत्रहरूमा भाग-दौड़ मच्चियो। स्थानीय मानिसहरूमा भय व्याप्त भएको छ। तथापि घटनास्थलमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरेर स्थितिलाई नियन्त्रण गरिएको छ। फ्याक्ट्री क्षेत्रलाई घेराबन्दी गरेर सिल गरिएको छ। सुरक्षालाई मध्यनजर गर्दै दमकल विभागको एक टीमलाई घटनास्थलमा तैनाथ गरिएको छ।

कमरहाटी नगरनिगमका चेयरम्यान गोपाल साहाले भने, “घटनाको जाँच पुलिसले गरिरहेको छ। यसको साथै फ्याक्ट्रीसित आवश्यक लाइसेन्स र अन्य कानूनी स्वीकृति थियो कि थिएन, यसको पनि नगरपालिकाले जाँच गर्नेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande