हेरोइन सहित युवक पक्राउ
हेरोइन सहित युवक पक्राउ


अगरतला, 21 जून (हि.स.)। त्रिपुरा पुलिसद्वारा मादक पदार्थ तस्करीविरूद्ध संचालित अभियानमा शनिवार ठूलो सफलता हात लाग्यो। यस अभियान अन्तर्गत पुलिसले उत्तरी जिल्लाको धर्मनगर रेलवे स्टेशन नजिकैबाट एकजना 23 वर्षीय युवकलाई पक्राउ गरेको छ जसको कब्जाबाट लगभग 5.5 लाख रुपियाँको हेरोइन जफ्त गरिएको छ।

त्रिपुरा पुलिसको पञ्जामा परेका आरोपीको पहिचान भाग्यपुर ग्राम पञ्चायतको वार्ड नम्बर-2 निवासी 23 वर्षीय सलमान हुसैनको रूपमा गरिएको छ। पुलिसले उसको ब्यागको जाँच गर्दा पाँचवटा साबुनदानी जफ्त गरियो जसमा आरोपीले हेरोइनको प्याकेट लुकाएर राखेको थियो।

पुलिस अधिकारीहरूले बताए, गुप्त सूचनाको आधारमा एसडीपीओ बी. ज़ोरिनपुइया औप्रभारी अधिकारी स्मृति कान्त बर्धनकोनेतृत्वमात्रिपुरा पुलिसकोएक टीमलेधर्मनगर नगर परिषदकोअधिकार क्षेत्रभित्र पर्ने रेलवे परिसर नजिक अभियान संचालन गऱ्यो जसमा यो सफलता हात लाग्यो।

नारकोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स (एनडीपीएस) अधिनियमकाप्रासंगिक प्रावधानहरू अन्तर्गत आरोपी सलमान हुसैनविरूद्ध मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande