दारुल अलुम वारसिया मदरसामा अल्पसंख्यक राज्यमन्त्री दानिशले गरे योग
दारुल अलुम वारसिया मदरसामा अल्पसंख्यक राज्यमन्त्री दानिशले गरे योग


लखनऊ, 21 जून(हि.स.)। गोमती नगरस्थित दारुल उलुम वारसिया मदरसामा अल्पसंख्यक राज्यमन्त्री एवं उप्र हज कमिटीका अध्यक्ष दानिश आजाद अन्सारीले योग अभ्यास गरे। मन्त्री दानिश आजादले योग सत्रमा भाग लिएपछि मदरसाका विद्यार्थीहरूलाई योगका फाइदाहरूबारे जानकारी गराए। उनले भने, हामी भारतमा बस्ने सबै मानिसहरू भारतीय हौं र योग भारतबाटै शुरू भएको हो। त्यसैले भारतका प्रत्येक नागरिकले योगलाई आफ्नो मान्नुपर्छ र नियमित रूपमा यसको साधना गर्नुपर्छ। योग गर्ने विद्यार्थीहरूमा चेतना अनि स्फूर्ति नियमित रूपमा कायम रहन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande