गृहमन्त्री अमित शाह क्षेत्रीय मध्य परिषदको बैठकमा सामेल हुने, काशीमा भव्य स्वागतको तयारी
गृहमन्त्री अमित शाह क्षेत्रीय मध्य परिषदको बैठकमा सामेल हुने, काशीमा भव्य स्वागतको तयारी


—दुई दिवसीय दौड़ाहको शुरूआत बाबा कालभैरवको दर्शन-पूजनबाट हुनेछ

वाराणसी, 22 जून (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह सोमवार साँझ वाराणयी आइपुग्नेछन्। आफ्नो दुई दिवसीय प्रवास अवधि उनले क्षेत्रीय मध्य परिषदको 25औं बैठकमा भाग लिनेछन्। गृहमन्त्रीको आगमनमा भारतीय जनता पार्टी (भाजपा)-को काशी जिल्ला तथा महानगर एकाईले भव्य स्वागत गर्ने तयारी गरेको छ।

भाजपाद्वारा शहरका विभिन्न प्रमुख स्थानहरूमा एघार वटा स्वागत पोइन्ट बनाइएको छ। यहाँ कार्यकर्ता, जनप्रतिनिधि औ सामाजिक संगठनहरूका सदस्यहरूले ढोल-नगाड़ा, शंखनाद औ पुष्पवर्षाको साथमा गृहमन्त्रीलाई स्वागत गर्नेछन्। भाजपा काशी क्षेत्रका अध्यक्ष दिलीप पटेलले गुलाब बागस्थित पार्ट कार्यालमा बैठक डाकेर तयारीको समीक्षा गरे।

गृहमन्त्री अमित शाह 23 जूनको साँझ बाबतपुर एयरपोर्टमा आइपुग्नेछन् जहाँबाट उनी सोझै बाबा कालभैरव मन्दिरमा पुगेर दर्शन-पूजन गर्नेछन्।त्यहाँबाट उनी नदेसरस्थित होटल ताजमा विश्राम गर्न जानेछन्।

24 जून मंगलवारको दिन वाराणसीमा आयोजना हुने यस महत्पूर्ण बैठकमा गृहमन्त्री अमित शाहसित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादव औ छत्तीसगढ़का मुख्यमन्त्रीले पनि भाग लिनेछन्। यस अतिरिक्त चारै राज्यका मुख्य सचिव, नीति आयोग तथा अन्तर्राज्यीय परिषदका प्रतिनिधि सहित लगभग सयजना विशिष्टजनले बैठकमा भाग लिनेछन्।

यस बैठकमा राज्यहरूको आपसी सहयोग सहयोग, सामाजिक विकास, सीमा विवाद, अल्पसंख्यक मुद्दा, राज्य पुनर्गठन, नक्सल प्रभावित क्षेत्र, कानून व्यवस्था औ पर्यावरण जस्ता महत्वपूर्ण विषयमा गहन विचार-विमर्श गरिनेछ। बैठक सम्पन्न भएपछि गृहमन्त्री मंगलवार अपरान्ह नै वाराणसी एयरपोर्टबाट प्रस्थान हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande