नयाँ दिल्ली, 23 जून (हि.स.)। जनसंघका संस्थापक एवं पूर्व केन्द्रिय मन्त्री डा. श्यामा प्रसाद मुखर्जीको पुण्यतिथिमा सोमवार भारतीय जनता पार्टी (भाजपा) नेता एवं कार्यकर्ताहरूले श्यामा प्रसाद पार्कमा दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाको अध्यक्षतामा आयोजित एक कार्यक्रममा श्रद्धासुमन अर्पण गरे।
दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले भने, यदि हामीले राष्ट्रियता अनि राष्ट्रिय नीतिलाई बुझ्नु छ भने साथै भारतीय राजनीति र संस्कृतिलाई बुझ्नु छ भने डाक्टर श्यामा प्रसाद मुखर्जीको जीवनलाई पढ़्नुपर्छ। उनी एकजना महान विचारक, निर्भीक एवं स्वतन्त्र भारतका प्रथम शहीद नेता तथा एकजना साँचो राष्ट्रभक्त थिए।
सचदेवाले भने, डा. श्यामा प्रसाद मुखर्जीले एउटा देशमा दुईवटा विधान, दुईवटा संविधानलाई लिएर तत्कालीन सरकारको विरोधमा आवाज पनि उठाएका थिए।
दिल्ली भाजपा अध्यक्षले भने, मृत्युपछि उनकी आमाले एउटा पत्र तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई लेखेकी थिइन्। पत्रमा स्पष्ट लेखिएको थियो, म कुनै स्पष्टिकरण होइन, जाँच चाहन्छु। उनले भने, उनकी आमाले पत्रमा स्पष्ट रूपमा पण्डित नेहरूमाथि आरोप लगाउँदै श्यामा प्रसाद मुखर्जीको मृत्युको निम्ति तत्कालीन सरकारलाई जिम्मेवार ठहराएकी थिइन्।
वीरेन्द्र सचदेवाले भने, डा. श्यामा प्रसाद मुखर्जीले देखेका सपनाहरूलाई साकार पार्ने काम प्रधानमन्त्री मोदीले गरे। उनलाई साँचो श्रद्धाञ्जलि धारा 370-लाई हटाएर प्रधानमन्त्रीले दिएका छन्।
यस अवसरमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता सहित भाजपाका सांसदहरू क्रमैले रामवीर सिंह बिधुड़ी, योगेन्द्र चाँदोलिया एवं बाँसुरी स्वराज, दिल्ली सरकारका मन्त्री प्रवेश साहिब सिंह एवं डा. पंकज सिंह, दिल्लीका मेयर सरदार राजा इकबाल सिंह, पूर्व सांसद रमेश बिधुड़ी, विधानसभा उपाध्यक्ष मोहन सिंह बिष्ट, निगम नेता प्रवेश वाही एवं सत्या शर्मा र संगठनात्मक जिल्लाका अध्यक्षहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा