डिब्रुगढ़ (असम), 20 जून (हि.स.)। डिब्रुगढ़ जिल्लाको मोरानस्थित झालम क्षेत्रमा एकजना व्यक्तिको शव भेटिएपछि क्षेत्रमा कोकोहोलो मच्चियो।
पुलिसले बतायो, सोमवार मुसलधारे पानी परिरहेको बेला मोरानको झालम क्षेत्रस्थित राष्ट्रिय राजमार्ग-37 मा शवलाई स्थानीय मानिसहरूले देखेको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि डिब्रुगढ़ एएसमसीएचमा पठाइदियो।
पुलिसले प्रारम्भिक जाँचमा आशंका व्यक्त गरेको छ, कुनै वाहनको चपेटमा परेर उक्त व्यक्तिको मृत्यु भएको हुनसक्छ। अन्तिम सूचना पाउञ्जेलसम्म पनि मृत व्यक्तिको पहिचान हुन सकेको थिएन। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मृतकको पहिचान जुटाउन लागिपरेको छ। शवको पहिचान गर्नको लागि शवलाई 72 घण्टा अस्पतालको शव गृहमा राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा