गुरूग्राममा इण्डिगोका क्याप्टन सहित तीन विरूद्ध मामिला दर्ता
गुरूग्राममा इण्डिगोका क्याप्टन सहित तीन विरूद्ध मामिला दर्ता


- ट्रेनी पाइलटले जातिगत उत्पीड़नको आरोप समेत लगाए

- बेंगलुरू पुलिसले जीरो एफआईआर दर्ता गरी गुरुग्राम पुलिसलाई पठायो

गुरुग्राम, 23 जून (हि.स.)। इण्डिगो एयरलाइन्सका एक जना ट्रेनी पाइलटले क्याप्टन सहित तीन जना मानिसहरू विरूद्ध बेंगलुरू थानामा सिकायत दर्ता गरेका छन्। ट्रेनी पाइलटले आरोपीहरूमाथि जातिगत टिप्पणी गरेको आरोप समेत लगाएका छन्। बेंगलुरू पुलिसले जीरो एफआईआर दर्ता गरी गुरूग्राम पठाएको छ। सिकायतको आधारमा डीएलएफ फेज-1 थाना पुलिसले मामिला दर्ता गरी सोमवार सबै आरोपीहरूलाई जाँचमा सामेल हुनका लागि बोलाएको छ।

बेंगलुरू सिटी (कणार्टक)- को सोभा सिटी सेन्टोरिनीमा बस्ने शरणले पुलिसमा सिकायत गरे, तिनी अनुसूचित जातिका हुन् र इण्डिगो एयरलाइन्समा काम गर्दछन्। गत 28 अप्रेलमा गुरुग्रामको सेक्टर-24 स्थित ईमार क्यापिटल टवर-2 मा मीटिंग थियो। मीटिंगमा तपस डे, मनीष साहनी र क्याप्टन राहुल पाटिलले उमाथि जातिगत टिप्पणी गरे। शरणको आरोप छ, ड्यूटी अवधि तिनीप्रति अपमानजनक व्यवहार गरियो अनि जातिगत टिप्पणी पनि गरिएको छ।

शरणले पुलिसलाई बताए, तिनले आफूसित भएको उत्पीड़नको सिकायत इण्डिगीको सीईओ तथा एथिकेस कमिटी समक्ष पनि गरे, तर कुनै कारबाही गरिएन।

डीएलएफ फेज-1 का थाना निरीक्षकले बताए, पुलिसले मामिलाको जाँच गरिरहेको छ। सोमवार आरोपीहरूलाई जाँचको निम्ति बोलाइएको छ। जाँचपछि अग्रिम कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande