मुख्यमन्त्रीले मौलाना आजद अस्पतालका डाक्टरहरूसित गरिन् भेट, पछिल्लो सरकारलाई लक्षित गरिन्
मुख्यमन्त्रीले मौलाना आजद अस्पतालका डाक्टरहरूसित गरिन् भेट, पछिल्लो सरकारलाई लक्षित गरिन्


नयाँ दिल्ली, 23 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले सोमवार मौलाना आजाद अस्पतालका डाक्टरहरूसित भेट गरिन्। यस अवधि मुख्यमन्त्रीले डाक्टरहरूसित बातचित गर्दै उनीहरूको समस्याहरूलाई सुनिन्।

भेटपछि मुख्यमन्त्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्, पछिल्लो शिक्षित सरकार अनि यहाँको अस्पताल प्रशासनको गैर-जिम्मेवारीदेखि हैरान भएका छौं। उनले भनिन्, मौलाना आजाद मेडिकल कलेज जस्तो प्रतिष्ठित संस्थानको दयनीय अवस्था अनि यहाँ पढ़्ने विद्यार्थीहरूको अवस्था देखेर दुःख लाग्छ। वर्ष 1966-देखि 1990 बीच निर्मित यहाँका सातवटा छात्रावासको 1200 जना छात्रहरूलाई अटाउने क्षमता छ, तर अहिले लगभग 3200 विद्यार्थीहरू बस्दै आइरहेका छन्। एउटा कोठाभित्र आठ-आठवटा पलंगहरू छन्, आलमारी पनि शेयर गर्न परिरहेको छ, स्टडी टेबल-कुर्सी जस्ता सामानहरू नै छैनन्।

मुख्यमन्त्रीले भनिन्, यहाँको छात्रावासमा मरम्मत कार्य कहिल्यै भएको छैन। हाम्रा मेडिकलका विद्यार्थीहरू यसतो विपरीत परिस्थितिमा बसिरहेका छन्। यहाँ सुरक्षाको कुनै ठोस प्रबन्ध छैन,परिसरमा व्यापक अतिक्रमण गरिएको छ। पछिल्लो सरकारले यस्ता कुराहरूमाथि ध्यानै दिएन। अतिक्रमणको कारणले विद्यार्थीहरूलाई विविध समस्याको सामना गर्नुपर्दछ। धेरैवटा घटनाहरू भइसकेका छन्।

मुख्यमन्त्रीले भनिन्, छात्रवासको मरम्मति अनि सुविधाहरू दिनका लागि तुरून्त कदम उठाइनेछ। नयाँ छात्रावास बनाउने सम्भावना खोजिनेछ ताकि एउटा कोठामा दुई वा चार जना विद्यार्थीहरू बस्न सकुन्। विद्यार्थीहरूको लागि भिन्नै अलमारी र स्टडी टेबल-कुर्सीको व्यवस्था गरिनेछ। दिल्ली सरकारले विद्यार्थीहरूलाई सबै सुविधा दिने चेष्टा गरिनेछ। परिसरमा भएको अतिक्रमणलाई चाँड़ै हटाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande