
गुवाहाटी, 23 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बलिदान दिवसको अवसरमा डा. श्यामा प्रसाद मुखर्जीलाई श्रद्धाञ्जलि अर्पण गरे।
डा. मुखर्जीको पुण्य तिथिको अवसरमा मुख्यमन्त्रीले सोशल मीडियामा पोस्ट शेयर गर्दै भनेका छन्, डा. मुखर्जीले अखण्ड भारतको संकल्प लिएर आफ्नो सम्पूर्ण जीवनलाई समर्पित गरेका थिए। उनले यो पनि भने, असमलाई भारतको अभिन्न अंग बनाउनमा डा. मुखर्जीको भूमिका ऐतिहासिक रहेको छ।
मुख्यमन्त्री सरमाले भने, डा. श्यामा प्रसाद मुखर्जीको बलिदानलाई कृतज्ञ राष्ट्रले सदैव स्मरण गरिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा