नयाँ दिल्ली, 23 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले सोमवार दिल्लीको डा. श्यामा प्रसाद मुखर्जी पार्कमा आफ्ना सबै सहयोगी मन्त्री, सांसद, विधायकहरूसित भारतीय जनसंघका संस्थापक तथा प्रखर राष्ट्रवादी डा. श्यामा प्रसाद मुखर्जीको प्रतिमामा पुष्पाञ्जलि अर्पण गरी उनलाई श्रद्धाञ्जलि दिइन्। यस अवसरमा केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधान पनि उपस्थित थिए।
मुख्यमन्त्रीले सोमवार एक्स पोस्टमा भनिन्, यो स्थल डा. मुखर्जीको अदम्य साहस, असाधारण दृष्टिकोण औ अखण्ड भारतको लागि उनले पुऱ्याएको सर्वोच्च बलिदानको प्रतीक हो। उनको अमर नारा - 'एक विधान, एक निशान, एक प्रधान' देशको एकता, अखण्डता औ सम्प्रभुताप्रति उनको अडिग समर्पणको प्रमाण हो।
मुख्यमन्त्रीले भनिन्, डा. मुखर्जीको यो संघर्ष विशेष रूपमा अनुच्छेद 370 विरूद्ध थियो जसले जम्मू-कश्मीरलाई विशेष दर्जा दिन्थ्यो। ़डा. मुखर्जीको यो मान्यता थियो कि भारतीय संविधानको समता हरेक राज्यमा लागू हुनुपर्छ र उनले यसको लागि आफ्नो प्राणको आहुति दिए। यसै उच्च आदर्शलाई अप्नाउँदै हाम्रो सरकारले निरन्तर राष्ट्रगौरव, सुशासन औ जनताको सेवाप्रति आफ्नो प्रतिबद्धतालाई अगाड़ि बढ़ाइरहेको छ। यही उनीप्रति हाम्रो साँचो श्रद्धाञ्जलि हो र उनले देखाएको मार्गमा हिँड़ेर हामी भारतलाई एक सशक्त, समृद्ध अनि अखण्ड राष्ट्र बनाउनेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा