कालीगञ्ज बम हमलामा नाबालिकको मृत्युमा आयोगले माग्यो रिपोर्ट
कालीगञ्ज बम हमलामा नाबालिकको मृत्युमा आयोगले माग्यो रिपोर्ट


नदिया, 23 जून (हि.स.)। सोमवार अपरान्ह कालीगञ्ज विधानसभा उपचुनाउको परिणाम घोषणा भएको केही समयपछि आयोजित तृणमूल कंग्रेसको विजय जुलूसमा बम वर्षा गरियो जसमा एकजना दश वर्षीय बालिकाको मृत्यु भएको आरोप लागेको छ। घटनालाई लिएर राजनीतिक जगतमा खैलाबैला भएको छ।

घटनापछि चुनाउ आयोगले जिल्ला प्रशासनसित यस सम्बन्धमा रिपोर्ट मागेको छ। यसमा प्रश्न गरिएको छ, हमला कसरी भयो, हमलाको पछाड़ि को थियो र कसैलाई पक्राउ गरिएको छ वा हिरासतमा लिइएको छ।

घटना घटेको तत्कालपछि जिल्ला पुलिस अधीक्षक घटनास्थलमा पुगे। उनले बताए, मृत बालिका तमन्ना खातूनको शरीरमा छर्रा लागेको छ। जाँच गरिँदैछ, यसमा को सामेल थिए। वास्तवमा कालीगञ्ज विधानसभा उपचुनाउको सोमवार मतगणना भयो। परिणाम घोषणा भएपछि तृणमूल कंग्रेसको पक्षबाट विजय जुलूस निकालियो। विजय जुलूसमा फालिएको सकेट बमको कारणले मुलानदीमा दश वर्षीय बालिकाको मृत्यु भयो।

मृत बालिकाको परिवारको दाबी छ, उनीहरू वामपन्थी समर्थकहरू हुन्। मुख्यमन्त्री ममता ब्यनर्जीले ट्वीट गरी पुलिसलाई यस सम्बन्धमा कड़ा कारबाही गर्ने आदेश दिएकी छन्। मृत बालिकाको परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै मुख्यमन्त्रीले आश्वासन दिइन्, पुलिसले चाँड़ोभन्दा चाँड़ो दोषीहरूमाथि कड़ा कानूनी कारबाही गर्नेछ। ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande