कोलकाता, 23 जून (हि.स.)। कालीगञ्ज उपचुनाउको मतगणना भइरहँदा मुख्य निर्वाचन अधिकारी (सीईओ)- को कार्यालयमा अचानक आगो लाग्यो। यस घटनाको कारणले कार्यालयमा भाग-दौर मच्चियो अनि कार्यालयमा उपस्थित मानिसहरूलाई तत्काल बाहिर निकालियो।
मुख्य निर्वाचन अधिकारीको कार्यालय बामा-लरी भवनमा अवस्थित छ। आगो लागेपछि कुनै ठूलो दुर्घटनादेखि बच्नको लागि सम्पूर्ण भवनलाई खाली गराइयो।
प्राप्त जानकारी अनुसार आगो भवनको दोस्रो तलामा अवस्थित डाटा सेन्टरमा लागेको हो। चुनाउ आयोगको कार्यालय यस भवनको दोस्रो र तेस्रो तलामा अवस्थित छ। आगोलाई निभाउनको लागि कार्यालयमा रहेको फायर सेफ्टी सिस्टमलाई प्रयोग गरियो। केही कर्मचारी अनि अधिकारीहरूलाई मुखमा कपड़ा बाँधेर बाहिर निक्लिरहेको देखियो। यो समाचार लेखुञ्जेलसम्म आगलागीको कारण स्पष्ट हुन सकेको थिएन। तर प्रारम्भिक अनुमानमा शर्ट सर्किटको कारणले आगलागी भएको हुनसक्छ।
चुनाउ आयोगद्वारा बयान जारी गरी बताइयो, आगोले गर्दा डर र भ्रमको स्थिति उत्पन्न भए पनि भोटहरूको गन्तीमाथि यसले कुनै प्रभाव पारेको छैन, प्रक्रिया सामान्य रूपमा जारी रह्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा