उधमपुरमा आतंकवादका आरोपीको अचल सम्पत्ति कुर्की
उधमपुरमा आतंकवादका आरोपीको अचल सम्पत्ति कुर्की


जम्मू, 23 जून हि.स.। जम्मू-कश्मीर पुलिसले सोमवार उधमपुर जिल्लामा एक जना आतंकवादका आरोपीको अचल सम्पत्ति कुर्की गरिदियो जुन वर्तमानमा न्यायिक हिरासतमा छन्।

एक जना पुलिस अधिकारीले भने, बसन्तगढ़को कदवाह गाउँमा अवस्थित मोहम्मद शफिकको 1.3 मरला जमीन (एक मरला = 272.25 वर्ग फुट) गैरकानूनी गतिविधि (रोकथाम) अधिनियम (यूएपीए) अन्तर्गत कुर्क गरिएको छ। पछिल्लो केही वर्षमा सुन्दर बसन्तगढ़ वन क्षेत्रमा आतंकवादी अनि सुरक्षा बलहरूबीच कैयौं पटक भिड़न्त भइसकेको छ।

अधिकारीले भने, जाँचमा सम्पत्तिको आतंकवादसित जोड़िएका गतिविधिहरूको पहिचान भएपछि यूपीएको धारा 25 अन्तर्गत कुर्की गरिएको छ। शरिफलाई पछिल्लो वर्ष आतंकवादसित सम्बन्ध रहेको कारण पक्राउ गरिएको थियो भने आरोपी विरूद्ध बसन्तगढ़ पुलिस स्टेशनमा यूएपीएका विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको थियो। अधिकारीहरूले भने, लाखौं रुपियाँ मूल्यको जमीनलाई आधिकारिक रूपमा जफत गरिएको छ र अब यसलाई बेच्ने, पट्टामा दिने, हस्तान्तरित गर्ने वा कुनै तेस्रो पक्षको लेनदेनमा सामेल भए कानूनी रूपमा प्रतिबन्ध लगाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande