कोलकाता, 23 जून (हि.स.)। पश्चिम बंगालको नदिया जिल्लान्तर्गत कालीगञ्ज विधानसभा क्षेत्रमा भएको उपचुनाउको परिणामबाट स्पष्ट भएको छ, तृणमूल कंग्रेसले आफ्नो सीट मात्र बचाएको छैन जबकि आफ्नो जनसमर्थनमा उल्लेखनीय वृद्धि पनि गरेको छ। सोमवार जारी मतगणनाको परिणाममा तृणमूल उम्मेद्वार अलिफा अहमदले आफ्ना निकटवर्ती भाजपा उम्मेद्वारलाई दुई गुणा भोटले परास्त गरेकी छन्। भाजपा र वाम समर्थित कंग्रेस उम्मेद्वारबीच दोस्रो र तेस्रो स्थानको लागि कड़ा स्पर्धा भयो।
तृणमूलको आईटी सेल प्रमुख औ युवा नेता देबान्शु भट्टचार्यले यस जीतको पछाडिको कारण सोशल मीडियामा विश्लेषण गर्दै दाबी गरे, भाजपाको ठूलो भोट ब्यांक तृणमूलको पक्षमा आएको छ। उनले लोसभा चुनाउ-2024 अनि वर्तमान उपचुनाउको भोट प्रतिशतको तुलना गर्दै बताए, कालीगञ्जमा तृणमूलको भोट प्रतिशत 43.8 प्रतिशतदे
देबान्शु भट्टचार्यले प्रत्यक्ष रूपमा विपक्षका नेता शुभेन्दु अधिकारीको उग्र हिन्दुत्ववादी राजनीति- लाई भाजपाको हारको लागि जिम्मेवार ठहराए। उनले भने, “यदि तपाईहरूले ध्यानपूर्वक हेर्नु भयो भने भाजपाको हिन्दू भोटको एउटा ठूलो भाग तृणमूल कंग्रेस तर्फ शिफ्ट भएको छ। शुभेन्दु अधिकारीको उग्र अनि विकृत हिन्दुत्वलाई यस शान्तिप्रिय बंगाली समाजले गर्वले अस्वीकार गरेको छ। जय जगन्नाथ!”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा