वाराणसी, 23 जून (हि.स.)। वाराणसी निवासी ओलम्पियन ललित उपाध्यायले अन्तर्राष्ट्रिय हकीबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले घरेलू अनि लीग म्याच भने खेल्नेछन्। हकी खेलाड़ी ललितले गए आइतवार साँझ आफ्नो अधिकृत सोशल मीडिया अकाण्ट एक्समा सो जानकारी गराए। ललित अनुसार उनले सन्यास लिने निर्णय युवा खेलाड़ीहरूलाई अवसर दिनको साथै वाराणसीमा धरातलीय स्तरमा हकीको विकासमाथि ध्यान केन्द्रित गर्नको लागि लिएका हुन्। ललितले हाल बेल्जियममा भइरहेको एफआईएच प्रो लीगको यूरीपीय चरणमा भारतीय टीमको प्रतिनिधित्व गरिरहेका छन्।
स्मरण गराइन्छ, ललित उत्तर प्रदेश पुलिसमा डिप्टी एसपीको पदमा कार्यरत छन् भने पुलिस टीमका कप्तान पनि हुन्। ललित उपाध्यायले 3 सयभन्दा अधिक इन्टरनेशनल म्याच खेलिसकेका छन्। साथै पेरिस ओलिम्पिक अनि टोक्यो ओलम्पिकमा काँस्य पदक जित्ने भारती हकी टीमको सदस्य पनि रहिसकेका छन्। वाराणसीको शिवपुर क्षेत्रस्थित भगतपुर गाउँका ललितले यूपी कलेजको ग्राउण्डबाट आफ्नो खेल जीवन शुरू गरेका हुन्। वर्ष 2018-मा उनको चयन राष्ट्रिय हकी टीममा भएको थियो। ललित ओलम्पिकमा खेल्ने वाराणसीका चौथो हकी खेलाड़ी हुन् भने दुई वटा ओलम्पिक खेल्ने दोस्रो खेलाड़ी हुन्। सेन्टर फरवर्ड पोजिशनमा खेल्ने ललितले अन्तर्राष्ट्रिय म्याचहरूमा सयभन्दा अधिक गोल गरिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा