
सिलगढ़ी, 23 जून (हि. स.)। नक्सलबाड़ीको किरण चन्द्र चिया बगान क्षेत्रमा सोमवार बिहान एक जना नवजातलाई क्षत-विक्षत अवस्थामा भेटियो जसले गर्दा क्षेत्रमा खैलाबैला मच्चियो।
प्राप्त जानकारी अनुसार एकजना चिया श्रमिकले नदी किनारमा उक्त नवजातलाई देखे। उनले उसलाई आफ्नो घरमा लिएर गए। पछि स्थानीय मानिसहरू साथै आशाकर्मीहरूको सल्लाह अनुरूप नवजातलाई शारीरिक जाँचको लागि अस्पतालमा लगियो जहाँ उसको उपचार भइरहेको छ।
चिकित्सकहरूले बताए, सात दिनभित्रमा नवजात स्वस्थ हुनेछ। घटनाको सूचना पाउनसाथ नक्सलबाड़ी थााको पुलिस घटनास्थलमा पुग्यो। उक्त नवजात चिया बगानको नदी किनारमा कसरी पुग्यो, यसको जाँच पुलिसले गरिरहेको छ। स्थानीय मानिसहरूको मान्यता छ, कसैले नियोजित रूपमै नवजातलाई फालेको हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा