हरेक नागरिकको सेवा, सुरक्षा अनि सम्मान सरकारको पहिलो प्राथमिकताः सीएम योगी
हरेक नागरिकको सेवा, सुरक्षा अनि सम्मान सरकारको पहिलो प्राथमिकताः सीएम योगी


-मुख्यमन्त्रीले सोमवार लखनऊमा गरे 'जनता दर्शन'

लखनऊ, 23 जून (हि. स.)। मुख्यमन्त्री योगी आदित्यनाथले सोमवार 'जनता दर्शन' आयोजना गरे। राज्यभरिका लगभग 65 जना पीड़ितहरू यस जनता दर्शनमा सामेल भए। मुख्यमन्त्रीले हरेक पीड़ितको नजिकमा पुगेर उनीहरूको समस्या सुने, प्रार्थना पत्र लिए अनि अनुभूत गराए कि हरेक समस्यामा सरकार जनताको साथमा छ। मुख्यमन्त्रीले समस्या निराकरणका लागि अधिकारीहरूलाई निर्देश दिए। उनले भने, उत्तर प्रदेशका हरेक नागरिकको सेवा, सुरक्षा अनि सम्मान सरकारको पहिलो प्राथमिकता हो। सरकारले विगत आठ वर्षदेखिको यही उद्देश्य लिएर काम गरिरहेको छ।

अधिकारीहरूलाई निर्देश- प्रत्येक पीड़ितको समस्यामाथि तत्काल कारबाही गरियोस्

जनता दर्शनमा पुलिस, राजस्व, चिकित्सा सहायता, शिक्षा, आवास, आँगनबाड़ी, कब्जा आदिसित सम्बन्धित धेरैवटा मामिलाहरू आयो जसमाथि प्रार्थना पत्र लिएर मुख्यमन्त्रीले सम्बन्धित अधिकारीहरूलाई तत्काल कारबाही गर्ने निर्देश दिए। जनताको समस्या सुन्नसाथ सीएमले अधिकारीहरूलाई निर्देशित गरे, प्रत्येक पीड़ितको समस्यामाथि तत्काल कारबाही हुनुपर्छ। यसमा ढिलो-सुस्तीलाई सहन गरिनेछैन। सबैको प्रार्थना पत्रलाई सम्बन्धित अधिकारीहरू समक्ष राख्दै तत्काल तथा सन्तुष्टिपरक निवारण गर्ने निर्देश दिनका साथै मानिसहरूलाई यो भरोसा पनि दिलाइयो, सरकार प्रत्येक पीड़ितको समस्या समाधान गर्नकोलागि दृढ़ संकल्पित छ। सबैले न्याय पाउनेछन् र सबैको पीड़ा भाग्नेछ।

मुख्यमन्त्री योगी आदित्यनाथले 'जनता दर्शन'-मा आएका बाल-बालिकाहरूलाई सुम्सुम्याउँदै उनीहरूसित बातचित गरे, पढ़ाईको बारेमा जानकारी लिए। सीएम योगीले चकलेट-टफी प्रदान गरी बाल-बालिकाहरूलाई उज्जवल भविष्यको आशीर्वाद दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande