शिवसागर शहरका अधिकांश भाग जलमग्न, जनजीवन प्रभावित
शिवसागर शहरका अधिकांश भाग जलमग्न, जनजीवन प्रभावित


शिवसागर (असम), 23 जून (हि.स.)। असमका केही भागहरूमा अविरल वर्षाका कारण जनजीवन व्यापक रूपमा प्रभावित भएको छ। प्रदेशको शिवसागर अनि अन्य क्षेत्रहरूमा गए रातीदेखि परेको मुसलधारे पानीले जिल्लाका शहरी एवं ग्रामीण क्षेत्रहरूमा बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ। शहर एवं यस वरपरका क्षेत्रहरू जलमग्न भएको छ। शहरका अधाभन्दा अधिक भागहरूमा जलभराउको कारणले मानिसहरूलाई विविध समस्याको सामना गर्न परिरहेको छ।

शिवसागरको माझमा अवस्थित प्रमुख क्षेत्रहरू क्रमैले दौलमुख चरियाली र मुक्ति नाथ चरियाली वर्तमान समयमा जलमग्न भएको छ फलस्वरूप वाहनहरूलाई ओहोर-दोहोर पूर्ण रूपले बाधित भएको छ। स्थानीय व्यवसाय तथा आवासहरू पनि प्रभावित भएका छन् भने केही तल्लो क्षेत्रमा पानी भरिएको छ। स्थानीय मानिसहरूले जलभराउको लागि अव्यवस्थित जलनिकासी, बुनियादी ढाँचा एवं प्रशासनिक उदासीनताली जिम्मेवार ठहराइरहेका छन्। मानिसहरूले आरोप लगाए, जलभराउ एक मानवनिर्मित आपदा हो जुन जल निकासी प्रणाली बन्द भएको र सममा प्री-मनसुन रखरखाउको अभावले गर्दा उब्जिएको हो।

समयमा नालीहरूको सर-सफाई नगरिएकोमा नगरनिकाय विशेष शिवसागर नगरनिगम बोर्डको कड़ा आलोचना गरिँदैछ। स्थानीय मानिसहरूको भनाइ छ, नगरनिगमको निष्क्रियताले जनजीवन पूर्ण रूपले प्रभावित भएको छ। मानिसहरूको भनाइ छ, यो कुनै प्राकृतिक आपदा होइन जबकि यो शासनको विफलता हो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande