ड्रग्स तस्करीको मामिलामा आरोपी पक्राउ
ड्रग्स तस्करीको मामिलामा आरोपी पक्राउ


नयाँ दिल्ली, 23 जून (हि.स.)। दिल्ली पुलिस क्राइम ब्राञ्चको अन्तरराज्यीय सेलले नशा मुक्त भारत अभियान औ जीरो टलरेन्सफॉर ड्रग्स नीति अन्तर्गत ठूलो सफलता हासिल गर्दै अन्तर्राज्यीय गाँजा तस्करी गिरोहको भण्डाफोर गरेको छ।

अपरेशनको क्रममा पुलिसले 288 किलोग्राम गाँजा जफ्त गरेको छ जसको मूल्य 50 लाख रुपियाँ रहेको अनुमान लगाइएको छ। यस सिलसिलामा दुईजना आरोपीहरूलाई पक्राउ गरिएको छ भने तस्करीमा प्रयोग गरिएको ट्रकलाई पनि जफ्त गरिएको छ। पक्रा पर्ने आरोपीको पहिचान सोनीपत हरियाणा निवासी मुकेश दहिया (39) र राजेश दहिया (29)- को रूपमा भएको छ। मुकेश ट्रक मालिक हो।

राष्ट्रिय स्तरमा फैलिएको नेटवर्क ध्वस्त-क्राइम ब्राञ्चका डीसीपी आदित्य गौतमले बताए, यो गिरोहले ओडिशाबाट गाँजा सप्लाई गर्थ्यो जसको पहुँच उप्र, हरियाणा, पञ्जाब र दिल्ली-एनसीआरसम्म थियो। डीसीपी अनुसार

ट्रकबाट 288 किलो गाँजा जफ्त गरियो जसलाई ट्रको बडीमा लुकाएर राखिएको थियो। 22 जूनमा क्राइम ब्राञ्चमा कार्यरत एसआई सुशिललाई श्मशान घाट, सराय काले खाँ क्षेत्रमा एउटा ट्रक प्रचुर मात्रामा मादक पदार्थ लिएर गइरेहको गुप्त सूचना प्राप्त भएको थियो।

यसै सूचनाको आधारमा एसआई सुशिलको नेतृत्वमा एउटा टीम गठन गरियो। टीमले घटनास्थलमा पुगेर संदिग्ध ट्रकलाई रोक्यो अनि जाँच गर्दा 139 वटा प्लास्टिकको ब्यागमा भरिएको 288 किलो गाँजा भेटियो जसलाई जफ्त गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande