तृणमूल विधायक मनोरञ्जन व्यापारी अस्वस्थ, एसएसकेएम अस्पतालमा भर्ती
तृणमूल विधायक मनोरञ्जन व्यापारी अस्वस्थ, एसएसकेएम अस्पतालमा भर्ती


कोलकाता, 23 जून (हि.स.)। पश्चिम बंगाल विधानसभामा तृणमूल कंग्रेसका विधायक मनोरञ्जन व्यापारी सोमवार अचानक अस्वस्थ भए। यस घटनापछि सदनमा केही समयसम्म हो-हल्ला भयो।

प्राप्त जानकारी अनुसार विधानसभाको लबीमा उनी अचानक अचेत भएर लड़े। उनलाई तत्काल एसएसकेएम अस्पतालमा लगियो जहाँ उनको चिकित्सकीय जाँच गरिँदैछ।

स्मरण गराइन्छ, वर्ष 2021- को विधानसभा चुनाउमा तृणमूल कंग्रेसले बलागढ़ सीटबाट तत्कालीन विधायक असिम माजीलाई हटाएर मनोरञ्जन व्यापारीलाई उम्मेद्वार बनाएको थियो। उनले त्यस चुनाउमा भाजपा प्रत्याशी सुभाष चन्द्र हलदारलाई 5 हजार 784 भोटले परास्त गरेर विधायक निर्वाचित भएका थिए।

हालका वर्षहरूमा आफ्ना केही विवादस्पद बयानहरूको कारणले उनले चर्चा पनि बटुलिरहेका छन्। हाल उनको स्वास्थ्य खराब हुनुको वास्तविक कारण पत्तो लाग्न सकेको छैैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande