बिहारको मोकामा स्टेशन नजिक हाइटगेजमा ट्रकले दियो ठक्कर, दुई घण्टासम्म रेल यातायात प्रभावित
बिहारको मोकामा स्टेशन नजिक हाइटगेजमा ट्रकले दियो ठक्कर, दुई घण्टासम्म रेल यातायात प्रभावित


पटना, 23 जून (हि.स.)। बिहारको दानापुर मण्डल अन्तर्गत मोकामा रेलवे स्टेशनको पूर्वी रेल फाटकमा सोमवार 5.30 बजी ट्रकको ठक्करले हाइटगेजलाई ध्वस्त भयो जसले गर्दा यस मार्गमा लगभग दुई घण्टाभन्दा अधिक समयसम्म रेल यातायात बाधित भयो।

घटनाको सूचना पाउनसाथ स्टेशन प्रबन्धक अशोक मोलदियार तुरून्त घटनास्थलमा पुगे अनि स्थितिलाई नियन्त्रण गरेर ट्रेनहरूको परिचालनलाई पुनः सुचारू गराए। रेलवे कर्मीहरूले तत्परता देखाउँदै बिहान 7:50 बजीसम्म हाईटगेजलाई व्यवस्थित बनाए जसबाट परिचालन सामान्य हुनसक्यो।

आरपीएफले तत्काल कारबाही गर्द ट्रकलाई जफत गरी चालकलाई हिरासतमा लिएको छ। यो मामिला यस कारण झन् गम्भीर भयो, किनभने पछिल्लो डेढ़ महिनाभित्रमा हाइटगेजलाई ठक्कर दिएको यो दोस्रो घटना हो। लगातार भइरहेका यस्ता घटनाहरूले रेलवेको संरचनात्मक सुरक्षामाथि प्रश्न तेर्साइरहेको छ। रेलवे प्रशासनले घटनाको जाँच शुरू गरेको छ साथै ट्रक मालिक र चालक विरूद्ध कानूनी कारबाही गर्ने तयारी गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande